उकेरा प्रदेश

रुपन्देहीमा वडा अध्यक्षका उम्मेदवारको घरमा विस्फोट, एक जना घाइते


तस्बिर: ग्लोवल आजावबाट

बुटवल । रुपन्देहीको मर्चवारीमा वडा अध्यक्षका उम्मेदवारको घरमा शंकास्पद विस्फोट भएको छ। मर्चवारी वडा नं।५ का नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार सोमनाथ पाण्डेयको घरमा विस्फोट भएको हो। 

ग्यास लिक भएर विस्फोट भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। सोमनाथ पाण्डेले बम नै विस्फोट भएको बताएका छन्। उनले आफ्नो घरको ग्यास केही नभएको जानकारी दिए। 

विस्फोट पछि पाण्डेयको घरमा पूर्ण क्षति पुगेको स्थानीय कमलेस यादवले बताए। विस्फोटमा परी एक जना घाइते भएकी छन्। ५० वर्षीय जयमाला पाण्डेय घाइते भएकी छिन्। उनलाई उपचारका लागि भैरहवामा लगिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

सोमबार रातीदेखि अवरुद्ध रुपन्देहीको तिलोत्तमा मतगणना सुरु 

निर्वाचन अधिकृतको कार्यालयमा बुधबार बसेको बैठकले बुधबार साँझदेखि नै मतगणना सुचारु गर्ने गरी सहमति गरेको हो। सहमति अनुसार गणना हुँदै गरेको वडा नं.२ र १६....

एमालेकै मत रेनुलाई जान थालेपछि झस्किए एमाले नेता, रेनुको मतान्तर बढेको बढ्यै

प्रारम्भमा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले रेनुलाई जान सक्ने मत राम्रैसँग रोके पनि वडा नम्बर ५ पछि भने त्यो सङ्ख्या घटेको मात्रै हैन कि वडाका....

लुम्बिनी प्रदेशका ६९ स्थानीय तहको नतिजा सार्वजनिकः कुन पार्टीले कति पालिका जिते? 

नेपाली कांग्रेसले अहिले सम्म ३१ पालिकामा विजयी भएको छ। माओवादी २१ पालिकामा विजयी हुँदा एमाले जम्मा १५ पालिकामा विजयी भएको छ। २ पालिकामा जनमोर्चाले विजय....

रुपन्देहीको देवदहमा एमाले विजयी

देवदह नगरपालिकाको नगर प्रमुखमा ध्रुव खरेल र उपप्रमुखमा विद्यालक्ष्मी गुरूङ निर्वाचित भएका हुन्। खरेलले कांग्रेसका निवर्तमान मेयरसमेत रहेका गठबन्धनका उम्मेदवार हीराबहादुर खत्रीलाई पराजित गरेका हुन्।....

बुटवलमा बम विस्फोट गराउने तीन जना पक्राउ

प्रहरीले घटनाका मुख्य योजनाकार अर्घाखाँची मालारानी गाउँपालिका वडा नंं ९ का २७ बर्षिय सुरेश खनाल, इलाम सूर्योदय गाउँपालिका फणिन्द्र गरतौला र कुमार श्रेष्ठलाई पक्राउ गरिएको....