भरतपुर काण्ड दोहोरिन नदिन काठमाडौँको गणना स्थलमा फलामे जाली

भरतपुर काण्ड दोहोरिन नदिन काठमाडौँको गणना स्थलमा फलामे जाली

काठमाडौँ : गत स्थानीय चुनावमा भरतपुर महानगरपालिकाको मतगणनाको समयमा मतपत्र च्यात्ने र निल्ने भएपछि गणना स्थल तार जालीले बार्न थालियो। भरतपुर काण्डपछि जहाँ-जहाँ मतगणना हुन बाँकी थियो त्यहाँ तार जाली, बाँस प्रयोग गरेर बारिएको थियो।

यो पटक गणनालाई पारदर्शी बनाउन मत गणना हुने स्थानमा अनिवार्य क्लोज सर्किट टेलिभिजनसँगै तार जाली समेत गरिएको छ। भरतपुरको घटना दोहोरिन नदिन काठमाडौँ महानगरको मतदान स्थल राष्ट्रिय सभा गृहमा त फलामे बारै बनाइएको छ।

शुक्रवार हुने मतदानपछि मतगणना हुने राष्ट्रिय सभा गृहमा गणना स्थलको सुरक्षा जाली बनाउन कामदारहरू खटिएका थिए। उनीहरूले फलामको जाली र डन्डी प्रयोग गरेर अस्थायी संरचनाको बलियो सुरक्षा घेरा बनाइरहेका थिए।

२९ बैशाख, २०७९, २०:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।