काठमाडौँ : स्थानीय तहको निर्वाचनको मतदानका लागि काठमाडौँ उपत्यकाका अधिकांश मतदान केन्द्रको तयारी सकिएछ। बाहिरी घेरा र भित्री घेरा मिलाएर मतदान केन्द्रको सुरक्षा व्यवस्था मिलाइएको देखिन्छ।
उकेरा फोटो कथा
पाल टाँगियो नि , पानी परे पनि भोट हाल्न आउनु है !

मौसम पूर्वानुमान महाशाखाले शुक्रवार पानी पर्न सक्ने बताएकाले अधिकांश मतदान केन्द्रमा भोट हाल्न आउनेहरू नभिजुन् भनेर त्रिपाल समेत राखिएको छ।
निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिकाका लागि एक सय ५६ मतदान केन्द्र र तीन सय ६३ मतदानस्थल तय गरिएको छ। मतदान केन्द्रमा केन्द्र प्रमुखसँगै सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै म्यादी प्रहरी समेत खटिएका छन्।
२०७९ वैशाख २९ गते १७:१५ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।