काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य आठ सयले रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० कायम भएको छ।
उकेरा अर्थ
हिजो एक हजारले घटेको सुनको मूल्य आज आठ सयले बढ्यो

हिजो सुनको मूल्य एकैदिन एक हजार रुपैयाँले घटेको थियो। यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ कायम भएको छ।
आज चाँदीको मूल्यमा पनि थोरै वृद्धि भएको छ। आज चाँदी प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ।
२०७९ वैशाख २९ गते १३:०५ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।