उत्तर कोरियामा पहिलो पटक कोभिड संक्रमण देखिएपछि 'गम्भीर राष्ट्रिय आपतकाल’ घोषणा

उत्तर कोरियामा पहिलो पटक कोभिड संक्रमण देखिएपछि 'गम्भीर राष्ट्रिय आपतकाल’ घोषणा

प्योङयाङ : उत्तर कोरियामा पहिलो पटक कोभिड-१९ संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएपछि  किम जोङ उनले देशमा 'गम्भीर राष्ट्रिय आपतकाल' घोषणा गरेका छन्। 

उत्तर कोरियाले महामारीको सुरुमा आफ्नो सिमाना बन्द गरेदेखि नै हालसम्म कोभिड को संक्रमण नदेखिएको दावी गर्दै आएको थियो।

त्यहाँको राज्य मिडियाले बिहीबार जनाए अनुसार राजधानी प्योङयाङमा बिए-२ भनेर चिनिने अत्यधिक ट्रान्समिसिबल ओमिक्रोन भाइरसको संक्रमण देखिएको हो।

फेब्रुअरी २०२० देखि विगत दुई वर्ष र तीन महिनामा सुरक्षित रूपमा राखिएकोमा अहिले देशमा सबैभन्दा ठूलो आपतकालीन घटना भएको केसिएनए समाचार एजेन्सीले जनाएको छ।

प्योङयाङका मानिसमा भएको संक्रमितको संख्या र संक्रमणको सम्भावित स्रोतहरूबारे विवरण नदिई ओमिक्रोन भेरियन्टमा सङ्क्रमण भएको जनाएको छ।

समाचारले प्योङयाङका बिरामीहरूबाट लिइएको नमुनाहरूमा ज्वरो आएको देखिएको छ। जुन ओमिक्रोन भेरियन्टसँग मिल्दोजुल्दो छ।

ओमिक्रोन भेरियन्टको यस संक्रमणले उत्तर कोरियाको लागि सम्भावित गम्भीर जोखिम प्रस्तुत गर्ने विश्लेषण हुन थालेको छ। विज्ञहरूका अनुसार त्यहाँका २ करोड ५० लाख मानिसले खोप लगाएका छैनन्। साथै त्यहाँको कमजोर स्रोत स्वास्थ्य सेवा प्रणालीले पनि ठूलो प्रकोपको सामना गर्न संघर्ष गर्नुपर्ने जनाइएको छ।

उत्तर कोरियाले अहिलेसम्म संयुक्त राष्ट्र समर्थित कोभ्याक्स वितरण कार्यक्रमद्वारा प्रस्तावित खोपहरू त्यागिरहेको छ। त्यसको लागि अन्तर्राष्ट्रिय अनुगमन आवश्यक पर्ने भएको कारणले पनि त्यहाँ खोप त्याग गरिएको बताइन्छ। 

सियोलमा रहेको एनके न्युजले प्योङयाङका क्षेत्रहरू दुई दिनदेखि लकडाउनमा रहेको बताएको छ। 

किमलाई वर्कर्स पार्टी पोलिटब्युरोको संकट बैठक बोलाउन प्रेरित गर्दै अधिकारीहरूले 'अधिकतम' आपतकालीन उपायहरू लागू गर्ने बताएका थिए। उनीहरूले कथित रूपमा कडा सीमा नियन्त्रण र लकडाउनका उपायहरू समावेश गरेका छन्।  

२९ बैशाख, २०७९, १२:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।