काठमाडौंः भोलि हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न मतदाताहरू धमाधम थातथलोतर्फ फर्कँदै छन्। संघीय राजधानी काठमाडौं केही दिनयता सुनसान बन्दै गएको छ।
उकेरा फोटो कथा
मतदाता ओसार्ने 'फ्री' का बसहरू [फोटोफिचर]

पछिल्लो एक सातामा मात्र ५ लाख मानिसले काठमाडौं छोडेको बताइएको छ। हिजो मौन अवधिको पहिलो दिन मात्र ६७ हजार ५५४ जना काठमाडौंबाट बाहिरिएका थिए।
सधैंझैं यसपटक पनि मतदाता ओसार्न राजनीतिक दलहरूले निःशुल्क बससेवा व्यवस्था गरेका छन्। एकै स्थानमा जाने भए पनि राजनीतिक दलअनुसारका विभिन्न सवारीको व्यवस्था गरिएको छ।
काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्क क्षेत्रमा यतिबेला घर फर्किने मतदाताको घुइँचो छ भने बसहरू लामबद्ध छन्। भाडाका बसहरूको टिकट हिजै सकिसकेको बताइएको छ। यद्यपि, छिटपुट भाडाका सवारी पनि देखिएका छन्।
बसहरूमा पार्टीका ब्यानर र झण्डा गाडेर दलअनुसारका मतदातालाई चढाएर लगिँदैछ।
२०७९ वैशाख २९ गते ९:३६ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।