उकेरा अर्थ

विप्रेषण आप्रवाह ०.६ प्रतिशतले कमी, नौ महिनामा सात खर्ब २४ अर्ब भित्रियो


काठमाडौँ : चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा सात खर्ब २४ अर्ब ७४ करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको नौ महिनाको विवरणमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले कमी आएको छ। 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले कमी आई छ अर्ब पाँच करोड कायम भएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भई दुई लाख ५६ हजार ३१ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ७४.९ प्रतिशतले घटेको थियो। 

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १९९.९ प्रतिशतले वृद्धि भई दुई लाख छ हजार ६२९ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ६०.७ प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा खुद ट्रान्सफर ०.७ प्रतिशतले कमी आई आठ खर्ब आठ अर्ब ९२ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १४.४ प्रतिशतले बढेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

आज कति छ सुनको मूल्य ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८०० तोकिएको छ। यस्तै आज तेजाबी सुनको मूल्य ९५ हजार ३०० कायम भएको छ। महासंघका अनुसार....

सुनको मूल्य तोलामा ९६ हजार ७००

यसअघि छापावाल सुन तोलामा ९६ हजार ५०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २०० रहेको छ।....

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने वृद्धि 

बिहीबार कारोबार रकममा भने वृद्धि भएको छ। आज १७ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ। ५२ लाख २७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा दुई अर्ब....

हिजो एक हजारले घटेको सुनको मूल्य आज आठ सयले बढ्यो

हिजो सुनको मूल्य एकैदिन एक हजार रुपैयाँले घटेको थियो। यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ कायम भएको छ। आज....

रोकिएन मूल्यवृद्धिः चैतमा मुद्रास्फीत ७.२८ प्रतिशत पुग्यो, २८.३६ प्रतिशतले बढ्यो खाने तेलको मूल्य 

चैत महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ। चैत महिनामा औसत मुद्रास्फीति ५.६२....