उकेरा शिक्षा

विद्यालय सातामा दुई दिन बन्द गर्न सरकारको निर्देश (पत्रसहित)


काठमाडौँ : सरकारले हरेक साता शनिबार र आइतबार विद्यालय बन्द गर्न निर्देशन दिएको छ। मन्त्रिपरिषद्ले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि राजपत्रमा सूचना प्रकाशित भएलगत्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मातहत निकायलाई दुई दिन विद्यालय बन्द गर्न निर्देशन दिएको हो। 

केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई बुधबार एक पत्र पठाएर केन्द्रले १ जेठदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएकाले उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ। 

‘आइतबार सार्वजनिक बिदा दिएका कारण अपुग हुने समयावधि हिउँदे वा वर्षे वा अन्य विदाबाट कटाइ पूर्ति गर्ने, यसो गर्दा वर्षभरिमा अधिकतम ३० दिनसम्म एकैपटक वा पटक पटक गरेर बिदा दिन सकिने गरी स्थानीय तहले बिदा समायोजन गर्ने र विद्यालयहरूले यसैअनुसार वार्षिक क्यालेन्डर तयार गरी कार्यान्वयन गर्ने गराउने,’ देशभरका स्थानीय तह र विद्यालयलाई बोधार्थकार्यार्थ गरी निर्देशन दिइएको पत्रमा उल्लेख गरिएको छ। 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

आजबाट ६ दिन विद्यालय बन्द, शुक्रबार पनि अब पूरा अवधि पठनपाठन हुने

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाईलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा....

त्रिविका सबै क्याम्पसमा २३ दिन बिदा

विज्ञप्तिमा चालू शैक्षिक सत्रको वर्षे बिदाका सम्बन्धमा सत्रान्त बिदा दिइने क्याम्पसको हकमा सम्बन्धित अध्ययन संस्थानबाट निर्णय गरे बमोजिम गर्ने र अन्य क्याम्पसको हकमा सम्बन्धित संस्थानबाट....

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति प्राडा जोशी निलम्बनमा

प्रतिष्ठानका एक चौथाई सदस्यले उपकूलपति डा जोशीले जिम्मेवारीपूर्वक काम नगरेकोलगायत विषयमा लिखित निवेदन दिएपछि छानबिनका लागि उनलाई निलम्बन गरिएको बताइएको छ।  मदन भण्डारी स्वास्थ्य विज्ञान....

नमस्ते एकेडेमीमा 'ओपन हाउस' कार्यक्रम हुँदै

विद्यालयले प्रदान गर्दै आएको कक्षा पिजीदेखि कक्षा ११ सम्मको अन्तर्राष्ट्रिय शैक्षिक सेवा एवं सुविधालाई अभिभावक तथा शुभेच्छुकलाई विस्तृत रूपमा जानकारी गराउने उद्देश्यले ओपन हाउस कार्यक्रम....

दुई वर्षपछि भौतिकरूपमै एसईई हुँदै, ५ लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी

आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ। यस वर्षको एसईईमा पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका छन्। वैशाख २० गतेसम्म सञ्चालन हुने....