गाउँ फर्कने लहर (फोटोफिचर)

गाउँ फर्कने लहर (फोटोफिचर)
तस्बिर: कृष्पा श्रेष्ठ

काठमाडौँ : काठमाडौँको नाकाहरूमा स्थानीय तहको निर्वाचनमा मत हाल्न गाउँ फर्कने चटारो देखिन्छ। नाकाहरूमा पार्टीपिच्छे मतदाता ओसार्न यातायातको व्यवस्था गरिएको देखिन्छ।

यसरी राजनीतिक दलहरूले गाडीको व्यवस्था गरेर आ–आफ्नो क्षेत्रमा लैजाने व्यवस्था मिलाइरहेका छन्। कोही भने आफै टिकट काटेर पनि घरतिर गइरहेका छन्। जसले गर्दा गोगंबुस्थित नयाँ बसपार्कमा औसतमा पछिल्ला दिनहरूमा टिकटको बिक्री बढेको छ। 

 

उपत्यकाको नयाँ बसपार्क, कलंकी, कोटेश्वर लगायतका क्षेत्रमा यात्रुको भिड बाक्लो छ। अहिले उपत्यका छोड्नेको संख्या निकै बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

२८ बैशाख, २०७९, १७:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।