रिभर फल्सको आईपीओ खुल्यो, जेठ ४ सम्म आवेदन दिन सकिने

रिभर फल्सको आईपीओ खुल्यो, जेठ ४ सम्म आवेदन दिन सकिने

काठमाडौंः रिभर फल्स पावर लिमिटेडको आईपीओ खुलेको छ। कम्पनीले २७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो।

यसमध्ये ५४ हजार ६०० कित्ता शेयर कर्मचारीका लागि र एक लाख ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ। बाँकी २५ लाख ३८ हजार ९०० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

आईपीओका लागि आजबाट जेठ ४ गतेसम्म आवेदन दिन पाइनेछ। यस्तै सो मितिसम्ममा मागबमोजिम आवेदन नआएमा कम्पनीले जेठ ११ सम्म अवधि लम्ब्याउन सक्नेछ।

कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस आईएस रेटिङ्ग दिएको छ।

२८ बैशाख, २०७९, १२:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।