बुटवलः विभिन्न पेशा-व्यवसाय गरेर बसेका नागरिकहरू धमाधम मतदानका लागि आ-आफ्नो थातथलोतर्फ फर्किन थालेका छन्। पर्सि हुने मतदानका लागि स्थायी घर जान बुटवलको नयाँबसपार्क, पाल्पा बसपार्कमा नागरिकको भीड बढेको छ।
उकेरा फोटो कथा
हिँड्यौ हामी मतदान गर्न ! [फोटोफिचर]

नयाँ बसपार्कबाट बाहिरिने अधिकांश बसको टिकट बिक्री भइरहेको छ भने कतिपय गाउँपालिकाहरूले आफैं मतदातालाई लैजान सवारीको व्यवस्था गरिदिएका छन्।
बुटवलको बसपार्कमा भेटिएकी मालिका गाउँपालिका- ७ की सरिता लम्सालले पहिलो पटक मतदात गर्न लागेकाले गाउँ जान लागेको बताइन्। अध्यायनका लागि रुपन्देहीको सालझण्डीमा बस्दै आएकी उनले योग्य, सक्षम र गाउँको विकास गर्ने नेतालाई आफ्नो गोप्य मतदान हुने बताइन्।
२०७९ वैशाख २८ गते ११:३७ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।