उकेरा स्वास्थ्य

पारासिटामोलको तौल बढाएर मूल्य बढाउने चलखेलविरुद्ध उभियो सतर्कता केन्द्र

क्लिनिकल ट्रायल र प्रभाव हेरेर मात्र उत्पादन अनुमति दिन निर्देशन


राष्ट्रिय सतर्कता केन्द्रले ६ सय ५० मिलिग्राम (एमजी) को पारासिटामोल प्रयोगमा ल्याउनुपूर्व ‘क्लिनिकल ट्रायल’ गर्न निर्देशन दिएको छ। गत वैशाख १६ गते नै केन्द्रले यस्तो निर्णय गर्दै आइतबार (२५ वैशाखमा) औषधि व्यवस्था विभागलाई पत्र लेख्दै पाँच बुँदे निर्देशन दिएको हो।

त्यसैगरी केन्द्रले ६ सय ५० एमजीको पारासिटामोल प्रयोगमा ल्याउनुपूर्व त्यसको प्रयोगबाट मानव शरीरमा हुनसक्ने सम्भावित प्रभावहरूको सम्बन्धमा यकिन गरेर मात्र उत्पादन तथा प्रयोग अनुमति दिन उचित हुने भन्दै विभागलाई निर्देशन दिएको छ। 

केसी ६ सय ५० एमजीको पारासिटामोलको विषयमा भ्रम फैलाइएकाले अन्य मुलुकमा पनि प्रयोग भइरहेको भन्दै क्लिनिक ट्रायल गर्नु नपर्ने बताउँछन्। 

तर, सतर्कता केन्द्रको भाषा भने 'सफ्ट' छ। निर्देशन दिएको भनिए पनि केन्द्रले ‘उचित हुने’ भन्ने शब्दावलीको प्रयोग गरेको छ। 

केन्द्रले दिएको निर्देशनको पहिलो बुँदामा भनिएको छ, ‘६ सय ५० मिलिग्रामको पारासिटामोल प्रयोगमा ल्याउनुपूर्व क्लिनिकल ट्रायल तथा सोको प्रयोगबाट मानव शरीरमा हुन सक्ने सम्भावित प्रभावहरूको सम्बन्धमा यकिन गरेर मात्र उत्पादन तथा प्रयोग अनुमति दिन उचित हुने।’

केन्द्रले प्रयोग गरेको भाषाले क्लिनिकल ट्रायल नगर्दा पनि हुने भन्ने भाष्य स्थापित गर्नसक्ने जोखिम छ।

विभागका सुचना अधिकारी सन्तोष केसी ६ सय ५० एमजीको पारासिटामोलको क्लिनिकल ट्रायल गर्नु नपर्ने दावी नै गर्छन्। केसी भन्छन्, ‘त्यसमा क्लिनिकल ट्रयाल गर्नुपर्दैन। एउटा इन्डिकेशनमा गर्ने हो।’

उनी ६ सय ५० एमजी पारासिटामोलको क्लिनिकल ट्रयाल गर्न आवश्यक नै नहुने पनि दावी गर्छन्।

केसी ६ सय ५० एमजीको पारासिटामोलको विषयमा भ्रम फैलाइएकाले अन्य मुलुकमा पनि प्रयोग भइरहेको भन्दै क्लिनिक ट्रायल गर्नु नपर्ने बताउँछन्। 

केसीले भने,‘त्यो एउटा संस्थाले भ्रमपूर्ण समाचार उल्लेख गरे। यो चाहिँ ट्रायलै गर्नुपर्ने, ट्रायल नै नगरी नदिने भन्ने त्यस्तो हैन। बाहिरतिर पनि प्रयोग भइरहेको छ।’

चैत १० गते बसेको औषधि सल्लाहकार समितिको ५३ औं बैठकले ६ सय ५० एमजीको पारासिटामोल उत्पादनका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। त्यसको उत्पादनको दर्ताका लागि औषधि व्यवस्था विभागलाई समितिले सो सिफारिस गरेको थियो। तर, सो सिफारिस सार्वजनिक भएको छैन।

समितिको सो सिफारिसविरुद्ध उकेरालाई प्राप्त उजुरी पत्रअनुसार उपभोक्ता हित संरक्षण मञ्च–नेपाल र नेपाल फार्मेसी संघले संयुक्त रूपमा २०७८/१२/१३ मा मुख्य सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिँदै ६ सय ५० एमजीको पारासिटामोल उत्पादनको अनुमतिका विषयमा छानबिन गरी कारबाहीको माग गरेका थिए। 

निवेदनमा औषधि व्यवस्था विभागमा केही उत्पादक र व्यापारीको दबाबमा स्वार्थ समूहका लागि निरन्तर गलत निर्णय हुँदै आएकाले विभागका निर्णय काम कारबाहीहरूमा छानबिन गरी हाल उक्त निर्णय तत्काल रोकी कारबाही गर्नुपर्ने माग रहेको थियो।

उजुरीपछि पारासिटामोलको तौल ६ सय ५० एमजी बनाउने औषधि सल्लाहकार समितिको सिफारिसमा राष्ट्रिय सतर्कता केन्द्रले छानबिन थालेको थियो। 

सतर्कता केन्द्रका अनुसार २०७८/१२/१३ मा गोश्वारा दर्ता नं.५८५ मा दर्ता हुन आएको उजुरीको सम्बन्धमा छानबिन थालेको हो।

यता केन्द्रले विभागलाई दिएको निर्देशनको बँदा नं. २ मा ६ सय ५० एमजीको पारासिटामोल अति आवश्यक अवस्थामा चिकित्सकको निगरानीमा मात्र प्रयोग गर्नेगरी स्वीकृति प्रदान गर्नुपर्ने उल्लेख छ। 

‘उक्त (६ सय ५० मिलिग्राम) मात्राको सिटामोल अति आवश्यक अवस्थामा चिकित्सकको निगरानीमा मात्र प्रयाग गर्नेगरी स्वीकृति प्रदान गर्नुपर्ने (छ)।,’ 

बुँदा नम्बर ३ मा भनिएको छ,‘उल्लेखित सिटामोलको मूल्य प्रचलित अन्य मात्राको सिटामालको बजार मूल्यको अनुपात अनुसार नै हुनेगरी कायम गर्नुपर्ने(छ)।'

निर्देशनको बुँदा नं. ४ मा ‘औषधि मानवीय स्वास्थ्यसँग प्रत्यक्ष रूपमा सम्बन्धित विषय भएकाले हाल प्रचलित अन्य मात्राको सिटामोलको उपलब्धता तथा सुलभतामा कुनै कमी नहुने गरी त्यहाँ (औषधि व्यवस्थ विभाग)बाट नियमित रूपमा अनुगमन तथा नियमन हुनुपर्ने’ उल्लेख छ। 

नेपालमा ६ सय ५० मिलिग्राम पारासिटामोलको मूल्य कति हुने भन्ने निर्णय भइसकेको छैन।

पाँच सय मिलिग्रामको सिटामोल उत्पादनमा घाटा लागेकाले मूल्य बढाउनकै लागि ६ सय ५० मिलिग्रामको सिटामोल उत्पादनका लागि चलखेल गरेका औषधि उत्पादकले केन्द्रको निर्देशनअनुसार पाँच सय मिलिग्रामको पारासिटामोल उत्पादन गरिरहन्छन् भन्नेमा विश्वस्त हुन सकिँदैन।

औषधि उत्पादक कम्पनीहरूले पाँच सय एमजीको पारासिटामोलको मूल्य बढाउन लामो समयदेखि कसरत गर्दै आएका थिए। तर, मूल्य बढाउँदा विरोध हुने डरले ६ सय ५० एमजी तौल बढाएर मूल्य बढाउने कसरत भएको हो।

यता, विभागका सूचना अधिकारी केसी भने समाचारमा आएजस्तो पाँच सय एमजीको पारासिटामोल उत्पादन बन्द भएर ६ सय ५० एमजीको मात्रै उत्पादन हुन्छ भन्ने विषयमा सत्यता नभएको दावी गर्छन्।

उनले पाँच सय र ६ सय ५० एमजी दुवै तौलका पारासिटामोल उत्पादन हुने बताए।

सतर्कता केन्द्रले गरेको निर्णयको बुँदा नंम्बर ५ मा ‘यसरी औषधिको उत्पादन तथा प्रयोग अनुमति दिँदा स्वदेशी उत्पादन तथा प्रयोगलाई प्राथमिकता तथा प्रोत्साहन दिनुपर्ने हुन्छ’, भन्ने उल्लेख छ।

केन्द्रले औषधि व्यवस्था विभागबाट प्राप्त राय प्रतिक्रिया एवं सतर्कता केन्द्रमा विभागका सम्बधित पदाधिकारीहरूसहित भएको छलफल अनुसार निर्णय गरिएको जनाएको छ। 

त्यसैगरी ६ सय ५० एमजीको पारासिटामोल नेपाल चिकित्सक संघको  राय एवं औषधि सल्लाहकार समितिको सिफारिस बमोजिम उत्पादन तथा प्रयोग अनुमति दिने क्रममा रहेको सन्दर्भमा केन्द्रले सो निर्देशन दिएको बताएको छ।  

त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समेत सतर्कता केन्द्रले ६ सय ५० एमजी सिटामोल उत्पादन सम्बन्धमा आवश्यक अनुगमन तथा नियमन गर्नका लागि बोधार्थ पत्र पठाएको छ।

सतर्कता केन्द्रले यस विषयमा उजुरी पर्नासाथ छानबिन प्रक्रिया अगाडि बढाएको थियो। 

नेपालमा पाँच सय एमजीको पारासिटामोल उत्पादन हुँदै आएको थियो। तर, औषधि उत्पादकको स्वार्थमा औषधि सल्लाहकार समितिले ६ सय ५० मिलिग्रामको पारासिटामोल बनाउने अनुमति दिनु व्यक्तिको स्वास्थ्यमाथि गम्भीर खेलबाड हुने भन्दै उपभोक्ता हित संरक्षण मञ्चलगायत सरोकारवालाले विरोध जनाइरहेका छन्। 

औषधि उत्पादक कम्पनीहरूले पाँच सय एमजीको पारासिटामोलको मूल्य बढाउन लामो समयदेखि कसरत गर्दै आएका थिए। तर, मूल्य बढाउँदा विरोध हुने डरले ६ सय ५० एमजी तौल बढाएर मूल्य बढाउने कसरत भएको हो।

विशेषज्ञहरूले मूल्य बढाउनकै लागि पारासिटामोलको तौल बढाउनु घातक हुने भन्दै सजग गराउँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

उत्तर कोरियामा पहिलो पटक कोभिड संक्रमण देखिएपछि 'गम्भीर राष्ट्रिय आपतकाल’ घोषणा

उत्तर कोरियाले महामारीको सुरुमा आफ्नो सिमाना बन्द गरेदेखि नै हालसम्म कोभिड को संक्रमण नदेखिएको दावी गर्दै आएको थियो। त्यहाँको राज्य मिडियाले बिहीबार जनाए अनुसार राजधानी....

कोभिड- १९ को नयाँ भेरियन्टलाई पनि अहिलेकै खोपले काम गर्छ: डब्ल्यूएचओ

हालैको एक अनुसन्धानले नयाँ भेरियन्टका विरुद्धमा पनि कोरोनाको खोप प्रभावकारी देखिएको डब्ल्यूएचओले जनाएको छ। हाल संसारभर कोभिडका संक्रमितहरू घट्दै गएका छन्। साथै सन् २०२० को मार्चको तुलनामा....

मतदान केन्द्रमा कोरोनाविरुद्ध खोप लगाइने

मन्त्रालयले मतदान केन्द्र नजिक नै खोप केन्द्र स्थापना गरी कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको हो। मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल....

डा. विवेकको अध्यक्षतामा ११ सदस्यीय सार्क फेड्रेशन अफ अंकोलोजीको नेतृत्व चयन

सार्क फेड्रेशन अफ अंकोलोजी नेपालको उपाध्यक्षमा डा. उज्वल चालीसे, महासचिवमा डा. गुरु शरण साह र कोषाध्यक्षमा डा. रोशन मिश्र चयन भएका छन्।  त्यसै गरी सदस्यमा....

नेपालमा सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष, गर्भवती र बालबालिका बढी जोखिममा

अन्तरक्रिया कार्यक्रममा टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाले दासले सन् २०२२ सम्म स्थानीय औलोलाई शून्यमा पुर्याएर सन् २०२५ सम्ममा औलो नियन्त्रण गर्ने लक्ष....