उकेरा खेल

जिम्बावे विरुद्धको खेलमा नेपालले फिल्डिङ रोज्यो


काठमाडौँ : जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण पानी जमेपछि निर्धारित ५० ओभरको खेललाई छोट्याएर ३३ ओभरमा झारिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ।

दुवै टोली आफनो अन्तिम खेलमा विजयी हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रदैछन्। एकदिवसीय सिरिज एक–एकको बराबरीमा सकिएको थियो। पहिलो खेलमा जिम्बावे ‘ए’ ३ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा नेपालले नौ विकेटको जित हात पारेको थियो। 

त्यसअघि तीन टि ट्वान्टी सिरिज पनि भएको थियो। सो खेल एक–एकको बराबरीमा सकिएको थियो भने एक खेल वर्षाका कारण रोकिएको थियो। आइसीसी पुरुष क्रिकेट विश्वकप लिग टुअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

नेपाल टी-ट्वान्टीको घोषणा कार्यक्रममा मन्त्री बोलिरहे, सन्दीप र चतुरको  खासखुस चलिरह्यो

मञ्चमा उनी सङ्घको अध्यक्ष चतुर बहादुर चन्दसँगै बस्न पुगे। कार्यक्रमका प्रमुख अतिथि थिए युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराज। गहतराजसँगै कार्यक्रम आयोजकले उनका स्वकिय....

अष्ट्रेलियाका पूर्व क्रिकेटर साइमन्ड्सको मृत्यु, खेलाडीको रूपमा दुई वटा विश्वकप जितेका थिए

तीव्र गतिमा रहेको उनको कार अनियन्त्रित भई पल्टिएको क्विन्सल्याण्ड प्रहरीले जनाएको छ। कारमा उनी एक्लै थिए। उनी दुर्घटनामा गम्भीर घाइते भएपछि अस्पताल लगिएको थियो। तर....

झुण्डिएको अवस्थामा फेला परिन् भारत्तोलनकी स्वर्ण विजेता सञ्जु

सोही घरमा उनी सलले पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी हुन्। नेपालगञ्जकी स्थायी निवासी सञ्जुको हत्या वा आत्महत्या के भएको हो भन्ने प्रष्ट भएको छैन। प्रहरीले....

नेपाल र जिम्बावे 'ए' बीच निर्णायक खेल आज, मैदान भिजेका कारण टसमा ढिलाइ

आजको खेल ९:३० मा सुरु हुने भनिए पनि वर्षाले मैदान भिजेको कारण टस समेत हुन सकेको छैन। सवा १० बजे अम्पायरले निरीक्षण गरेपछि खेल खेलाइने....

जिम्बावे 'ए' माथि नेपालको ९ विकेटको शानदार जित, श्रृङ्खला बराबरीमा

टस हारेर सुरुमा ब्याटिङ गरेको जिम्बावे ८७ रनमै समेटिएको थियो। ८७ रन बनाउन पनि जिम्बावेलाई ३१ ओभर १ बलसम्म कुर्नुपर्‍यो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ११ ओभर २....