तीन वर्षको चलचित्र पत्रकारिता पुरस्कारको घोषणा

तीन वर्षको चलचित्र पत्रकारिता पुरस्कारको घोषणा

काठमाडौँ : चलचित्र पत्रकार सङ्घ नेपालले तीन वर्षको चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कारको घोषणा गरेको छ। सङ्घको बैठकले कोरोनाको कारण रोकिएको तीन वर्षको पुरस्कार एकै पटक घोषणा गरेको हो।

सङ्घका अनुसार २०७७ को चलचित्र पत्रकारिता सम्मान शान्तिप्रिय र राजन घिमिरे, चलचित्र पत्रकारिता पुरस्कार आरडी शृङ्खला र दिवाकर मैनाली, चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार रीना मोक्तानलाई दिने निर्णय गरेको छ।

२०७८ को चलचित्र पत्रकारिता सम्मान सुव्रतराज आचार्य र सन्दीप सापकोटा, चलचित्र पत्रकारिता पुरस्कार कुमार आचार्य र गीता अधिकारी  र  चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार मनोज न्यौपानेलाई दिने निर्णय गरेको छ।

सोही वर्षबाट थपिएको मोफसल चलचित्र पत्रकारिता पुरस्कार कास्कीका रेम विकलाई दिने निर्णय भएको सङ्घले जानकारी दिएको छ।

यसै गरी २०७९ को चलचित्र पत्रकारिता सम्मान राजाराम फुयाँल र लक्ष्मण सुवेदी, चलचित्र पत्रकारिता पुरस्कार नेमिष गौतम र विष्णु प्रसाद सुवेदी, चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार उद्धव रसाइली र मोफसल चलचित्र पत्रकारिता पुरस्कार मकवानपुरका श्रीराम अर्जुनलाई दिने निर्णय भएको सङ्घले जानकारी दिएको छ।

२४ बैशाख, २०७९, २०:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।