नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक

नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक

काठमाडौंः नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक भएको छ। आगामी जेठ अन्तिम साताबाट गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताको लोगो र मस्कट आज सार्वजनिक गरिएको हो।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा एक कार्यक्रमका बीच युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, राखेपका सदस्यसचिव टंकलाल घिसिङ, उपाध्यक्ष शिव कोइरालाले लोगो र मस्कट सार्वजनिक गरेका हुन्।

लोगोमा माछापुच्छ्रे हिमाल, नेपालको झण्डा र नदी समेटिएको छ भने मस्कटमा हातमा खेलकुद प्रतियोगिताको 'टर्च' बोकेर कुदिरहेको कस्तुरी मृग रहेको छ।

यस्तै 'एकताबद्ध देश, खेलकुदको सन्देश' नामक नारा पनि आज सार्वजनिक गरिएको छ। जेठ २२ देखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ३६ खेल समावेश गरिएको छ।

२४ बैशाख, २०७९, १०:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।