कोभिड- १९ को नयाँ भेरियन्टलाई पनि अहिलेकै खोपले काम गर्छ: डब्ल्यूएचओ

कोभिड- १९ को नयाँ भेरियन्टलाई पनि अहिलेकै खोपले काम गर्छ: डब्ल्यूएचओ

एजेन्सीः विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड- १९ का नयाँ भेरियन्टहरूलाई पनि अहिलेकै खोपले काम गर्ने जनाएको छ। केही समययता अफ्रिका तथा अमेरिकामा कोभिडका नयाँ नयाँ भेरियन्टहरू भेटिएको समाचार आएसँगै डब्ल्यूएचओले यस्तो बताएको हो।

हालैको एक अनुसन्धानले नयाँ भेरियन्टका विरुद्धमा पनि कोरोनाको खोप प्रभावकारी देखिएको डब्ल्यूएचओले जनाएको छ।

हाल संसारभर कोभिडका संक्रमितहरू घट्दै गएका छन्। साथै सन् २०२० को मार्चको तुलनामा अहिले विश्वमा कोभिडका कारण हुने  मृत्युमा पनि निकै नै कमी आएको देखिएको छ।

कोभिडविरुद्धको खोपकै कारण मृत्युदरमा कमी भएको डब्ल्यूएचओको भनाइ छ।

२२ बैशाख, २०७९, १३:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।