उकेरा स्वास्थ्य

मतदान केन्द्रमा कोरोनाविरुद्ध खोप लगाइने


काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन कोरोना भाइरसविरुद्धको खोप मतदानस्थलमा लगाउने भएको छ। 

मन्त्रालयले मतदान केन्द्र नजिक नै खोप केन्द्र स्थापना गरी कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको हो। मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले वैशाख ३० गते मतदान केन्द्र नजिक खोप केन्द्र स्थापना गरी खोप लगाउन छुटेकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने बताए। 

उनका अनुसार मतदान गरिसकेपछि १८ वर्षभन्दा माथिका पहिलो, दोस्रो र बुस्टर डोज प्रदान गरिनेछ। खोप लगाउन छुटेका र बुस्टर डोज लगाउन बाँकी रहेकालाई मतदान गर्न जाँदा खोप कार्ड लिएर जानसमेत अनुरोध गरिएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

उपत्यकामा हैजा संक्रमण झन् फैलँदै: १२ जनामा पुष्टि, झाडापखालाले भक्तपुरमा बालकको मृत्यु

डा. दासका अनुसार संक्रमितमध्ये आठ जना पुरुष र चार जना महिला छन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा तीन जना, पाटन अस्पतालमा दुई जना र वयोधा....

ट्रमाको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. यादव, जोशी गेटाको निर्देशक

ट्रमा सेन्टरको निमित्त मेडिकल सुपरिटेन्डेन्ट यसअघि डा. प्रमोद जोशी थिए। उनलाई प्रस्तावित धनगढीको गेटा मेडिकल कलेजको निर्देशक बनाएर सरुवा गरिएको छ।

काठमाडौंका ६ जनामा हैजा देखियो, महानगरको समन्वयमा खानेपानीको स्रोत जाँच गरिँदै

टेकु अस्पतालमा भएका दुई संक्रमित दिदी बहिनी भएको र उनीहरूलाई पनि वार्डमा सारिएकाले खतरामुक्त भएको डा. दासले जानकरी दिए। ‘सुरुको दुई जनामध्ये एक जनाको अवस्था गम्भीर....

भोलिदेखि बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप

कार्यालयका प्रमुख वसन्त अधिकारीले भोलिदेखि यही असार १५ गतेसम्म काठमाडौँ जिल्लाका एक लाख ९० हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने जानकारी दिनुभयो । देशभरि ३९....

बीएण्डसी र नोबेलले असार २० बाट स्वास्थ्य बीमाको सेवा नदिने

स्वास्थ्य  बीमा कार्यक्रमअन्तर्गत उपचार गरे वापतको रकम नपाएकाले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतको सेवा सञ्चालन गर्न नसकिने उनीहरूले बताएका हुन्। बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँले मंसिरदेखि....