भिल्लारियललाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा

भिल्लारियललाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं : भिल्लारियललाई ३-२ गोल अन्तरले हराउँदै लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा लिभरपुलले समग्रमा ५-२ को नतिजा निकालेको हो।

पहिलो लेगमा २-० को जित निकालेको लिभरपुलले दोस्रो लेगमा दुई गोलले पछि परेको अवस्था उल्ट्याउँदै उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो।

यो खेलमा पनि मैदान उत्रिएको तीन मिनेटमै भिल्लारियलले सुरूआती अग्रता लियो। डीयाले गोल गर्दै घरेलु टोलीलाई अघि बढाए। ४१औं मिनेटमा कोकिलिनले गोल गर्दै भिल्लारियललाई पहिलो हाफमा दुई गोलले अग्रता दिलाए।

पहिलो हाफमा २ गोलले पछि परेको लिभरपुलले १२ मिनेट भित्र ३ गोल गर्दै दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्योग। 

खेलको ६२ औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई २-१ को स्थितिमा ल्याए। ६७ औं मिनेटमा लुइस डियाजको गोल गर्दै खेललाई बराबरीमा ल्याए। 

७४ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई ३-२ को अग्रता दिलाए। त्यसपछि भिल्लारियल खेलमा फर्किन सकेन।

उपाधिका लागि लिभरपुलले रियल म्याड्रिड र म्यानचेस्टर सिटीबीचको विजेतासँग खेल्नेछ।

२१ बैशाख, २०७९, ०८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।