वर्षाका कारण नेपाल र जिम्बाब्बेबीचको दोस्रो टी-२० स्थगित

वर्षाका कारण नेपाल र जिम्बाब्बेबीचको दोस्रो टी-२० स्थगित

काठमाडौँ : वर्षाका कारण नेपाल र जिम्बाब्बेबीचको दोस्रो टी-२० खेल स्थगित भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर जिम्बाब्बेलाई ब्याटिङ निम्तो दिएको थियो। 

वर्षा हुनुअघि जिम्बाब्बेले चार ओभर तीन बलमा दुई विकेटको क्षतीमा ४८ रन बनाउदा खेल रोकिएको थियो। एक पटक पानी रोकिएर खेल सुरु हुने अवस्थामा खेल १८ ओभरमा खेलाइने निर्णय भएको थियो। तर, पुनः वर्षा हुँदा खेल सुरु हुन सकेन।

पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिम दोस्रो खेलमा हारको बदला लिँदै शृंखला १-१ को अवस्थामा ल्याउन चाहन्थ्यो। तर, सफल हुन सकेन। तेस्रो तथा अन्तिम टी-२० बुधबार हुनेछ। त्यसपछि तीन एकदिवसीय खेल हुने क्यानले जनाएको छ। 

नेपालले अमेरिकामा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को तयारी स्वरुप जिम्बाब्बेसँग खेल्न लागेको हो। यसअघि पहिला तीन एकदिवसीय खेल र त्यसपछि तीन टी-२० खेल हुने बताइए पनि वर्षाका कारण पहिला टी-२० अगाडि सारिएको थियो। 
 

१९ बैशाख, २०७९, १५:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।