एन्फालाई अलमुताइरीको पत्र : आफूले गरेको निर्णय नेपालको फुटबलको हितमा भएको दाबी

एन्फालाई अलमुताइरीको पत्र : आफूले गरेको निर्णय नेपालको फुटबलको हितमा भएको दाबी

काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुलाह अलमुताइरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई पत्र पठाउँदै क्याम्प छाडेर जाने खेलाडीलाई कारबाही नगर्न आग्रह गरेका छन्।

उनले खेलाडीहरूले आफूलाई सार्वजनिक रूपमा आरोप लगाएकोबारे जानकारी भएको उल्लेख गर्दै पत्रमा आरोप लाग्दा आफू दुखी भए पनि अभिभावकको रूपमा आफूले माफ गरेको भन्दै उनीहरूलाई कारबाही नगर्न आग्रह गरेका छन्।

अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै एएफसी एसियन कप छनोटको लागि बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले प्रशिक्षण छाडेका थिए। खेलाडीहरूले पत्रकार सम्मेलन गर्दै प्रशिक्षक अलमुताईरीले क्याम्प छाडेर जान भनेपछि आफूहरू बाध्य भएर प्रशिक्षण छाडेको दाबी गरेका थिए। 

उनले पत्रमा एएफसी एसियन कप छनौटका लागी आफूले खेलाडीहरू चयन गर्ने र प्रतियोगिताबाट आउने हरेक नतिजाको जिम्मेवारी आफू हुने उल्लेख गरेका छन्। उनले छनौटका लागि बन्द सत्र प्रशिक्षणमा १७ नयाँ खेलाडी राखिसकेका छन्।

उनले आफूले जे गरेको हो नेपाली फुटबलको विकासका लागि गरेको र आफ्नो मनमा नेपाली फुटबल मात्र रहेको दाबी समेत गरेका छन्।

१८ बैशाख, २०७९, २२:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।