आठ खेल हारेको मुम्बईले बल्ल जितको खाता खोल्यो

आठ खेल हारेको मुम्बईले बल्ल जितको खाता खोल्यो

काठमाडौंः जारी आईपीएलमा मुम्बई इण्डियन्स सबैभन्दा खराब प्रदर्शन गर्ने टोली हो। आफ्नो पछिल्लो आठ खेल हारेको मुम्बईले गए राति भने राजस्थान रोयल्सलाई हराउँदै नवौं खेलमा जित हात पारेको छ।

राजस्थानलाई मुम्बईले ५ विकेटले हरायो। राजस्थानले दिएको १५९ रनको लक्ष्य मुम्बईले अन्तिम ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो।

हिजोको खेल मुम्बई र यसका कप्तान रोहित शर्मालाई खास रह्यो। रोहित हिजो आफ्नो ३५औं जन्मदिन मनाइरहेका थिए।

तर उनले आफ्नो पारीलाई भने न्याय गर्न सकेनन्। उनी ५ बलमा २ रन बनाएर आउट भए।

यता मुम्बईले जित हासित गरे पनि अंक तालिकामा अझै पुछारमा छ। मुम्बईले ९ खेलमा १ जित र ८ हारसहित २ अंक बनाएर पुछारमा छ।

९ खेलमा ८ जित र १ हारसहित गुजरात अंक तालिकामा सबैभन्दामाथि छ। गुजरातको १६ अंक छ।

१८ बैशाख, २०७९, ०८:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।