अम्पायरले 'नट आउट' दिँदा पनि पभेलियन फर्किए क्विन्टन डी कक

अम्पायरले 'नट आउट' दिँदा पनि पभेलियन फर्किए क्विन्टन डी कक

एजेन्सीः गए राति आईपीएलमा लखनऊ सुपर जायन्ट्स र पञ्जाब किङ्गसबीचको खेल थियो। खेल लखनऊले जित्यो २० रनले।

तर खेलभन्दा महत्त्वपूर्ण लखनऊका विकेटकिपर ब्याट्सम्यान क्विन्टन डी ककले सबैको मन जिते। खेलमा १३.४ ओभर चलिरहँदा डी कक स्ट्राइकमा थिए। सन्दीप शर्माले बलिङ गरे। डी ककले गरेको प्रहार पञ्जाबका किपरले समाते। आउटको अपिल गरे। तर अम्पायरले नट आउट दिए।

यसैबीच डी ककले खेलको भावनालाई सम्मान गर्दै पभेलियनतर्फ फर्के। खासमा डी ककको प्रहार आउटसाइड एज लागेको थियो। यतिबेला डी ककले ३७ बलमा ४६ रन बनाएका थिए।

अर्धशतकको नजिक हुँदमा पनि यसरी खेलको मर्मलाई सम्मान गर्नु सराहनीय भएको भन्दै यतिबेला सामाजिक सञ्जालमा डी ककको खुब तारिफ भइरहेको छ।

१७ बैशाख, २०७९, १०:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।