आज नेपाल र जिम्बावे 'ए' टीम भिड्दै

आज नेपाल र जिम्बावे 'ए' टीम भिड्दै
अभ्यासका क्रममा नेपाली टोली । तस्बिर: क्यान

काठमाडौंः नेपाली क्रिकेट टोली र जिम्बावे 'ए' टोलीबीच आज प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदानमा खेल बिहान ९:३० बाट सुरु हुनेछ।

द्विदेशीय प्रतियोगिताअन्तर्गत आज पहिलो एकदिवसीय खेल हुनगइरहेको हो। आज नेपाली टोली सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रनेछ।

यता टेस्ट मान्यता प्राप्त राष्ट्र हो- जिम्बावे। पछिल्लो केही वर्षयता जिम्बावेको प्रदर्शन खस्के पनि अघिल्लो वर्ष टी ट्वेन्टीमा पाकिस्तानलाई हराएको थियो। यद्यपि नेपालविरुद्ध खेल्न लागेको यही टोली भने होइन। तर सिनियर राष्ट्रिय टीमबाट खेलिसकेका आठ खेलाडी भने आजको स्क्वाडमा सामेल छन्।

त्यसैले आजको खेल रोचक प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। जिम्बावेको टोलीको कप्तानी टिनोटेन्डा मुटोमबोजीलाई दिइएको छ। 

नेपालले आईसीसी विश्वकप लिग–२ को तयारीस्वरूप जिम्बावे 'ए' सँग प्रतियोगिता खेल्न लागेको हो। यो श्रृङ्खलालाई अन्तर्राष्ट्रिय मान्यता पनि दिइएको छैन।

एकदिवसीय श्रङ्खलाको दोस्रो खेल सोमबार हुनेछ भने तेस्रो खेल बुधबार हुनेछ। लगत्तै नेपालले टी-ट्वेन्टी श्रृङ्खला पनि खेल्नेछ। टी-ट्वेन्टी श्रृङ्खला वैशाख २३ देखि २६ सम्म चल्नेछ।

१७ बैशाख, २०७९, ०८:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।