उकेरा शिक्षा

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति प्राडा जोशी निलम्बनमा


काठमाडौँ : बागमती प्रदेश सरकारले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति प्राडा विश्वराज जोशीलाई निलम्बन गरेको छ। पदीय जिम्मेवारी पूरा नगरेको आरोपमा छानबिन गर्नका लागि उनलाई निलम्बन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यमलाल भुषालले जानकरी दिए। 

प्रतिष्ठानका एक चौथाई सदस्यले उपकूलपति डा जोशीले जिम्मेवारीपूर्वक काम नगरेकोलगायत विषयमा लिखित निवेदन दिएपछि छानबिनका लागि उनलाई निलम्बन गरिएको बताइएको छ। 

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को उपदफा (३) बमोजिम छानबिनका लागि उपकूलपति प्राडा जोशी स्वतः निलम्बनमा परेको सचिव भुषालको भनाइ छ। 

प्राडा जोशी २०७७ साउन १६ गते चार वर्षका लागि उपकूलपतिमा नियुक्ति भएका थिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

आजबाट ६ दिन विद्यालय बन्द, शुक्रबार पनि अब पूरा अवधि पठनपाठन हुने

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाईलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा....

विद्यालय सातामा दुई दिन बन्द गर्न सरकारको निर्देश (पत्रसहित)

केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई बुधबार एक पत्र पठाएर केन्द्रले १ जेठदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएकाले....

त्रिविका सबै क्याम्पसमा २३ दिन बिदा

विज्ञप्तिमा चालू शैक्षिक सत्रको वर्षे बिदाका सम्बन्धमा सत्रान्त बिदा दिइने क्याम्पसको हकमा सम्बन्धित अध्ययन संस्थानबाट निर्णय गरे बमोजिम गर्ने र अन्य क्याम्पसको हकमा सम्बन्धित संस्थानबाट....

नमस्ते एकेडेमीमा 'ओपन हाउस' कार्यक्रम हुँदै

विद्यालयले प्रदान गर्दै आएको कक्षा पिजीदेखि कक्षा ११ सम्मको अन्तर्राष्ट्रिय शैक्षिक सेवा एवं सुविधालाई अभिभावक तथा शुभेच्छुकलाई विस्तृत रूपमा जानकारी गराउने उद्देश्यले ओपन हाउस कार्यक्रम....

दुई वर्षपछि भौतिकरूपमै एसईई हुँदै, ५ लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी

आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ। यस वर्षको एसईईमा पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका छन्। वैशाख २० गतेसम्म सञ्चालन हुने....