आईपीएल: खेल गुजरातले जित्यो, दर्शकको मन हैदरावादका उमरानले जिते

आईपीएल: खेल गुजरातले जित्यो, दर्शकको मन हैदरावादका उमरानले जिते

काठमाडौंः गए राति सम्पन्न गुजरात टाइटन्स र सनराइजर्स हैदरावादबीचको खेल गुजरातले जित्यो। हैदरावाद ५ विकेटले पराजित भयो।

तर पराजित टोलीका बलर उमरान मलिक भने एकाएक चर्चामा आए। कारण थियो- उनको धुँवाधार बलिङ। उमरानले हिजोको खेलमा गुजरातका ४ ब्याट्सम्यानलाई क्लिन बोल्ड गरे। हार्दिक पाण्ड्या क्याच आउट भए। समग्रमा ५ विकेट लिए।

यता गुजरातले हिजो जति विकेट गुमायो, सबै उमरानकै खातामा आयो।

तीव्र गतिका बलर उमरानले यसअघि पनि एकै खेलमा ४ विकेट लिइसकेका छन्। त्यो पनि दुई खेल अगाडि।

जम्मू-कश्मीरका स्थानीय २२ वर्षीय उमरानले सन् २०२१ को जनवरीमा मात्र टी-ट्वेन्टी डेब्यू गरेका हुन्। छोटो समयमै उनले आफूलाई प्रमाणित गरेर देखाएका छन्।

यतिबेला सामाजिक सञ्जालदेखि भारतीय मिडियामा उमरान छाएका छन्।

१५ बैशाख, २०७९, ०९:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।