दौरा-सुरुवालमा स्थापित, ढाका-साडीमा डङ्गोलको पोज

दौरा-सुरुवालमा स्थापित, ढाका-साडीमा डङ्गोलको पोज

काठमाडौंः आसन्न स्थानीय तहको निर्वाचनको लागि काठमाडौं महानगरपालिकाको मेयरमा एमालेबाट केशव स्थापित र उपमेयरमा सुनिता डङ्गोलले मनोनयन दर्ता गराएका छन्। सोमबार दिउँसो उनीहरूले शक्ति प्रदर्शन गर्दै निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्।

मनोनयन दर्ता गराउन जाँदा स्थापित दौरा-सुरुवालमा सजिएर गएका थिए। उता डङ्गोल ढाका चोली र साडीमा सजिएकी थिइन्।

दोस्रो पटक निर्वाचित र समग्रमा तेस्रो पटक काठमाडौंको मेयर ताक्दैछन्, केशव स्थापित। बारम्बार आफ्नो छुच्चो बोली र उडन्ते सपनाका कारण चर्चामा रहने पात्र हुन् उनी। 

उनी कहिले गाँजा बेचेर धनी हुने सपना देखाउँछन् कहिले गरिबलाई मदिरा पसल खोलिदिने योजना सुनाउँछन्।

यता स्वतन्त्ररूपमा काठमाडौंको मेयरमा उठ्ने घोषणा गरेकी थिइन्- सुनिता डङ्गोलले। तर उनलाई एमालेले उपमेयरको टिकट दियो। उनले हाँसी-हाँसी स्वीकार गरिन्।

उनको हाँसोमा थोरै कन्फिडेन्स पनि देखिएको छ। पूर्व मिस नेवाः सुनिताको यो कन्फिडेन्सले कतिको काम गर्ला त्यो हेर्न त कुर्नुको विकल्प छैन।

यस्तै राप्रपाबाट यसपटक काठमाडौंको मेयरमा कलाकार मदनदास श्रेष्ठले मनोनयन दर्ता गराएका छन्।

उनी पनि दौरा-सुरुवाल-टोपीमा सजिएर दलबलसहितै निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।

१२ बैशाख, २०७९, १४:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।