कांग्रेस कार्यसम्पादन समिति बैठकः संसदीय समिति गठन, महानगरका उम्मेदवार छान्ने जिम्मा देउवालाई

कांग्रेस कार्यसम्पादन समिति बैठकः संसदीय समिति गठन, महानगरका उम्मेदवार छान्ने जिम्मा देउवालाई

काठमाडौं : नेपाली कांग्रेसको आजको बैठकले केन्द्रीय संसदीय समिति गठन गरेको छ। बैठकले महानगरका उम्मेदवार टुंगो लगाउन नसकेपनि संसदीय समिति बनाएको नेता रामचन्द्र पौडेलले जानकारी दिए। 

कांग्रेस बिधान अनुसार महानगरको टिकट वितरण गर्न संसदीय समिति गठन गर्नुपर्ने हुन्छ। समितिमा पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल सहित १४ जना छन् । कांग्रेस विधानमा भने २५ जनाको संसदीय समिति हुने प्रावधान छ। 

संसदीय समितिमा भने शेखर कोइरालालाई राखिएको छैन्। अब महानगरपालिकाको उम्मेदवार संसदीय समितिले टुंग्याउने छ। 

संसदीय समिति सदस्य तथा सहमहामन्त्री जीवन परियारले काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिकाको प्रमुख तथा पोखरा, भरतपुर र वीरगञ्ज उपमहानगरपालिकाको उपप्रमुखको उम्मेदवार टुंगो लगाउने जिम्मा सभापतिलाई दिइएको जानकारी दिए।

११ बैशाख, २०७९, १७:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।