काठमाडौँको मेयरमा र्‍यापरको नजर : उम्मेदवारी दर्ता गर्दा पनि र्‍यापकै पोज

काठमाडौँको मेयरमा र्‍यापरको नजर : उम्मेदवारी दर्ता गर्दा पनि र्‍यापकै पोज

काठमाडौँ : इन्जिनियरबाट र्यापरहुँदै काठमाडौँको मेयर बन्न तम्सिएका बालेन शाहले आइतबार उम्मेदवारी दर्ता गरे। नेपाली झन्डा बोकेर केही समर्थकसहित उनी राष्ट्रिय सभा गृह पुगेर उम्मेदवारी दर्ता गरेका हुन्।
उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। र्यापर बालेन युवापुस्तामाझ लोकप्रिय छन्। पार्टीप्रति झुकाव नभएका, नयाँ मतदाता र युवा पुस्तालाई उनले आकर्षित गर्न सक्छन्। काठमाडौँ मेयरमा गठबन्धनबाट कांग्रेसले उम्मेदवार उठाउँदै छ। कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गर्न भने सकेको छैन।

एमालेले पूर्व मेयर तथा बागमती प्रदेशका सदस्य केशव स्थापितलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। एमालेबाट मेयर जितेका उनी राजाको प्रत्यक्ष शासनकालमा समेत मेयरमा मनोनीत भएका थिए।

बागमती प्रदेशको मन्त्री भएको बेलामा महानगरपालिकाको मेयरहुँदा एक कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका उनलाई पछि बागमतीका मुख्यमन्त्री डोरमणी पौडेलले बर्खास्त गरेका थिए।

कांग्रेसले उम्मेदवार नटुङ्ग्याए पनि सृजना सिंह मेयरकोको उम्मेदवार बन्ने सम्भावना बलियो देखिन्छ। विवेकशील साझाले पनि मेयर र उपमेयरमा उम्मेदवारी दिए पनि पहिलाको स्थानीय तहको निर्वाचनमा झैँ उसको क्रेज देखिएको छैन।

११ बैशाख, २०७९, १६:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।