साझा प्रकाशनको विशेष पुस्तक प्रर्दशनीमा १ रुपैयाँदेखि २८ सयसम्मका पुस्तक

साझा प्रकाशनको विशेष पुस्तक प्रर्दशनीमा १ रुपैयाँदेखि २८ सयसम्मका पुस्तक

काठमाडौंः साझा प्रकाशन लिमिटेडले केन्द्रीय कार्यालय पुल्चोकमा वैशाख २ गतेदेखि पुस्तक प्रर्दशनी गरिरहेको छ। प्रदर्शनीमा साझा प्रकाशनका पुराना पुस्तकहरू राखिएका छन्।

पुस्तकहरू १ रुपैयाँदेखि २८ सय रुपैयाँसम्मका छन्। बद्रीनाथ भट्टराईको २०२७ सालमा प्रकाशित कक्षा ६ को पाठ्यपुस्तक ‘अनुवाद–बोधीनी’ को मूल्य १ रुपैयाँ हो भने नीलमणि ढुंगानाको संस्कृत–नेपाली शब्दकोशको मूल्य २८ सय रुपैयाँ।

प्रर्दशनीमा १५ सय पुस्तकहरू राखिएको साझा प्रकाशनकी कर्मचारी सुशीला आचार्यले बताइन्। ‘साझा प्रकाशनका पुराना भइसकेका पुस्तक, तत्काल रिप्रिन्ट हुन नसक्ने पुस्तकहरू राखिएका छन्’, उनले भनिन्।

प्रर्दशनीमा दिनको औसत एक लाख ५० हजार बराबरको पुस्तक बिक्री भएको साझा प्रकाशनका प्रवक्ता होमनाथ भट्टराईले जानकारी दिए। उनका अनुसार दिनमा औसतमा दुई सय जनाले पुस्तक प्रर्दशनीको अवलोकन गरेका छन्। 

प्रर्दशनीमा उपन्यास, कथा, कविता, नाटक, एकांकी, निवन्ध, समालोचना, हास्यव्यङ्ग्य, जीवनी, चित्र, बाल साहित्य, राजनीति, अर्थशास्त्र, कला तथा संगीत, इतिहास, ऐन/कानून, कोश, धर्म दर्शन, स्वास्थ्य, विज्ञान तथा प्रविधि, शिक्षा, कृषि, भाषा र व्याकरण, यात्रा साहित्य, संस्कृति, अनूदित पाठ्यपुस्तकहरू राखिएका छन्।

९ बैशाख, २०७९, १३:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।