डब्ल्यूएचओका महानिर्देशक आज नेपाल आउँदै, खोप अभियानको अवलोकन गर्ने

डब्ल्यूएचओका महानिर्देशक आज नेपाल आउँदै, खोप अभियानको अवलोकन गर्ने

काठमाडौंः विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउँदैछन्। तीन दिने औपचारिक नेपाल भ्रमणका लागि उनी आउन लागेका हुन्।

आज दिउँसो साढे १२ बजे उनी काठमाडौं आइपुग्नेछन्। महानिर्देशक डा. गेब्रेयसस स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा नेपाल आउने भएका स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्राले जानकारी दिइन्।

गेब्रेयससले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, स्वास्थ्यमन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ।

उनले टाइफाइडविरुद्धको खोप अभियानको समेत अवलोकन गर्नेछन्। यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको जिन सिक्वेन्सिङ फ्यासिलिटीको समेत अवलोकन गर्ने प्रवक्ता मिश्राले बताइन्।

गेब्रेयसस बिहीबार नेपाल आएर शनिबार १० गते फर्कने कार्यक्रम रहेको छ।

८ बैशाख, २०७९, ०८:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।