उत्कृष्ट सेवा प्रवाह गरेको भन्दै भेरी अस्पताल सम्मानित

उत्कृष्ट सेवा प्रवाह गरेको भन्दै भेरी अस्पताल सम्मानित

बाँकेः भेरी अस्पताल, नेपालगञ्जलाई सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ। आर्थिक वर्ष  २०७८/७९ मा तोकिएको वार्षिक कार्यक्रमअनुसार विकास निर्माण तथा सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गरेकाले सम्मान गरिएको हो।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भेरी अस्पतालका डा. राजन पाण्डेलाई पुरस्कार प्रदान गरे। पुरस्कार राशि रु पाँच हजार थियो।

जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लामा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयलाई पुरस्कार तथा सम्मान गर्ने नीति लिएको छ।

७ बैशाख, २०७९, ०८:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।