निर्मल पुर्जाको ‘बियोण्ड पसिबल’ किताब नेपाली भाषामा पनि प्रकाशन हुने

निर्मल पुर्जाको ‘बियोण्ड पसिबल’ किताब नेपाली भाषामा पनि प्रकाशन हुने

काठमाडौँ : कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जाको पुस्तक ‘बियोण्ड पसिबल’ नेपाली भाषामा पनि प्रकाशन हुने भएको छ। नेपालका 'वी रिड' प्रकाशनले यस पुस्तकलाई नेपाली भाषामा प्रकाशन गर्न लागेको हो। 

बेलायतको चर्चित म्यागजिन द सन्डे टाइम्सका का टप टेन बेस्ट सेलर किताबहरु मध्येमा निर्मल पुर्जाको ‘बियोण्ड पसिबल’ पुस्तक पनि एक हो। अमेजन र गुडरिड्स जस्ता साइटहरुमा पनि किताबले ४.५ को रेटिङ पाएको छ। हालसम्म यो पुस्तक फ्रेन्च, बुलगेरियन, इटालियन, स्पेनिस, पोलिस, रसियन र अग्रेंजीलगायतका ७ भाषामा प्रकाशित भइसकेको छ। 

निर्मल पुर्जा नेपालको म्याग्दी जिल्ला, अन्नपूर्ण गाउँपालिका–३, दानामा सन् १९८३ मा जन्मेका हुन्। ब्रिटिस सेनामा १६ वर्ष काम गरेका निर्मलले १० वर्ष युके स्पेशल फोर्सेस (यूकेएसएफ) मा बिताएका थिए। पुर्जाले सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल आरोहण गरी विश्वकीर्तिमान कायम राखेका छन्।

'बियोण्ड पसिबल' पुस्तक अंग्रेजी भाषामा पहिले पटक बेलायतको हाहोडर र स्टफटन प्रकाशन गृहले प्रकाशन गरेको थियो। 

४ बैशाख, २०७९, १८:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।