स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको आठौं शिखर सम्मेलन सुरु

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको आठौं शिखर सम्मेलन सुरु

काठमाडौंः नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको शिखर सम्मेलन हुँदैछ। परिषद्को स्थापनाको उपलक्ष्यमा प्रत्येक वर्ष आयोजना गर्दै आइएको शिखर सम्मेलन आजबाट २९ गतेसम्म चल्ने परिषद्ले जनाएको छ।

'स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवर्द्धन: नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ' भन्ने नाराका साथ आयोजना भइरहेको सम्मेलन यस वर्ष भौतिक तथा भर्चुअल माध्यमबाट काठमाडौंमा हुँदैछ। 

यसअघिका दुई वटा सम्मेलनहरू कोरोना महामारीका कारण भर्चुअल रूपमा सम्पन्न गरिएको थियो।

विभिन्न स्थानमा रहेका स्वास्थ्य अनुसन्धानकर्ताहरू, जनस्वास्थ्यविद्हरू, जनसंख्याविद्हरू, नीति निर्माणकर्ताहरू तथा बहुक्षेत्रीय विज्ञहरूबीच संगम गराई तथ्यमा आधारित नीति निर्माण गर्न तथा दिन प्रतिदिन बढ्दै गएका जनस्वास्थ्यका सवालहरूको अन्तरविषयात्मक अनुसन्धानका निश्कर्षहरूद्वारा सम्बोधन गर्ने अभ्यासमा टेवा पुर्याउन सम्मेलनको आयोजना गरिएको हो।

सम्मेलनको उद्घाटन स्वास्थ्यमन्त्री विरोध खतिवडाले भोलि सोमबार गर्नेछन्।

२७ चैत, २०७८, १२:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।