मल्लकालीन इतिहास बताउने मुद्रा समेटिएको पुस्तक सार्वजनिक

मल्लकालीन इतिहास बताउने मुद्रा समेटिएको पुस्तक सार्वजनिक
तस्बिर : विक्रम न्यौपाने

काठमाडौँ : लेखक तथा सिक्का सङ्कलक शङ्कर श्रेष्ठको किताब नेपालका मल्लकालीन मुद्राहरु विमोचन भएको छ। अग्रवाल भवनमा विमोचन भएको पुस्तकमा मल्लकालको इतिहास बताउने मुद्राहरू सङ्कलन गरिएको छ।

लेखक श्रेष्ठले पुस्तक इतिहासमा रुचि राख्नेहरूका लागि उपयोगी हुने विश्वास व्यक्त गरेका थिए। उनले यस्तो प्रकारको यो पहिलो पुस्तक भएको र पुस्तकले इतिहासमा रुचि राख्नेहरूको जिज्ञासा बढाउने बताएका थिए।

लेखक श्रेष्ठले पुस्तकमा नौ सय वर्षको मल्लकालीन समय समेटेर मुद्रामार्फत पस्कने प्रयास गरिएको बताए। पुस्तकमा अरीदेव मल्लदेखि मल्लकालका अन्तिम राजा जयप्रकाश मल्लसम्मको संक्षिप्त परिचयसँगै सो समयमा जारी भएका मुद्राहरूको तस्बिरसहित परिचय समेटिएको छ।

काठमाडौँ र ललितपुरका मल्ल राजाहरूको समयमा निकालिएको मुद्रा र त्यसको विस्तृत विवरण समेत पुस्तकमा समेटिएको छ।

मल्लकालीन इतिहासका राजा र राजदरबारसँग सम्बन्धी रोचक र मार्मिक घटनाहरू समेत पुस्तकमा समेटिएको छ।

कार्यक्रममा मुद्रा सङ्कलनमा रुचि राख्नेहरूको उत्साहजनक उपस्थिति थियो। ३८२ पेजको सो पुस्तकको मूल्य २ हजार पाँच सय राखिएको छ।

२६ चैत, २०७८, २१:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।