उकेरा फिचर

सफलताको कथा: माओवादी द्वन्द्व, भारतमा वाचम्यान हुँदै उद्यमी बनेर पैसा कमाइरहेका भक्तराज


सुर्खेतः २०६२/०६३ को जनआन्दोलन उत्कर्षमा थियो। चौकुने गाउँपालिका–९ घाटगाउँका भक्तराज जैसी सरस्वती माध्यामिक विद्यालयमा कक्षा–७ मा पढ्दै थिए। उमेर १५ वर्ष थियो। 

तत्कालीन विद्रोही माओवादीहरू स्कुलमा आए। आफ्नो अभियानमा जानुपर्‍यो भन्दै स्कुलको ड्रेस फुकाल्न लगाएर आफ्नो ड्रेस लगाइदिए।

भक्तराजसहित पाँच जना केटाहरूलाई माओवादी कार्यकर्ताले १० दिनसम्म भूमिगत बनाए। घरपरिवालाई थाहा थिएन। उनीहरू खोजेको खोजेकै भए।  ११ दिनपछि गुटुको साल्मबाट उनीहरू भागेर घर आए। 

घरपरिवारकहाँ पुगे। तर परिवारले त उनीहरूलाई 'अब माओवादीले थाहा पाए मार्छन्' भनेर पाँचै जनालाई रातारात चिसापानी हुँदै भारतको सिमानासम्म पुर्‍याए।

भक्तराजसहित सबैले भारतको हल्द्वानीमा फूल बगैँचामा पानी हाल्ने काम पाए। आठ महिनासम्म त्यहाँ काम गरेका उनी शान्ति सम्झौता भएपछि घर फर्किए। भारत बसुञ्जेल काम गरे, पैसा कमाउन सकेनन्। 

गाउँ फर्किएर आएपछि उनले भारत नजाने बरू गाउँमै केही व्यवसाय गर्ने सोच बनाएका थिए। तर, व्यवसाय गर्नका लागि उनीसँग आर्थिक अभाव थियो। 

फेरि भारतै फर्के। पटक–पटक गरी उनी भारतमा चार वर्षसम्म बसे। घरदेखि कोलोनीसम्ममा वाचम्यानको काम गरे। त्यहाँबाट केही पैसा कमाएर घर फर्किएका जैसीले गाउँमा आएर सोलार मर्मत सम्बन्धी तालिम लिए। 

उनले आफूजस्तै भारत जाने गरेका तीन युवालाई चाउमिनको मार्केटिङमा लगाएका छन्। घरमा श्रीमती र आफू उत्पादन गर्छन्। मार्केटिङकालाई प्रतिकिलोको १० रुपैयाँ कमिसन दिने गरेका छन्।

गाउँमा विद्युत नभएका कारण सोलारको माग बढ्दो थियो। उनले सोलार मर्मत र बिक्री गर्न थाले। सँगसँगै छुटेको पढाइ पनि कक्षा आठबाट फेरि सुरु गरे। अहिले उनले कक्षा १२ पास गरिसकेका छन्।

सोलार व्यवसायबाट कमाएको पैसाले उनले ट्रयाक्टर किने। त्यसबाट पनि गाउँघरमा हुने सानातिना काम बालुवा, ढंगा, गिट्टी बोक्दा आम्दानी राम्रै भयो। 

उनको गाउँमा कैलालीको लम्कीदेखि चाउमिन आउँथ्यो। त्यो पनि धेरैदिनको बासी हुन्थ्यो। त्यही चाउमिन पनि गाउँलेलाई पुग नपुग हुन्थ्यो।

त्यसैले उनले गाउँमै चाउमिन उद्योग खोलेर व्यवसाय गर्ने सोच बनाए। केही रकम आफ्नो र केही रकम लघुवित्त संस्थाबाट ऋण निकालेर तीन लाख रुपैयाँको लगानीबाट २०७७ असोजबाट चाउमिन उद्योग सञ्चालनमा ल्याए।

‘भारतमा रातदिन वाचम्यानको काम गरेर महिनामा १०/१२ हजारभन्दा बढी कमाइ नहुने, यतै केही गर्छु भनेर सानो लगानीमा सुरु गरें। ग्राहकले मागेजति पुर्‍याउनै सकेको छैन। महिनामा ६० हजार त चोखो बच्छ,’ उनले भने, ‘अहिले तीन जना युवालाई रोजगारी दिएको छु, चाउमिन पनि राम्रै बिकेको छ।’

पहिले लम्कीबाट चाउमिन आउँथ्यो। ८० रुपैयाँ किलो पर्थ्यो। उनले गाउँमै ताजा चाउमिन ७० रुपैयाँका दरले बेच्न थालेपछि दैनिक दुई सय ५० किलोसम्म बिक्री हुन थाल्यो। 

चौकुने ९ र १० नम्बर वडा, पञ्चपुरी नगरपालिकाको १० र ११ र कैलालीको मोहोन्याल गाउँपालिकाका ७ र ८ नम्बर वडामा उनको मार्केट राम्रो बन्यो। 

उनले आफूजस्तै भारत जाने गरेका तीन युवालाई चाउमिनको मार्केटिङमा लगाएका छन्। घरमा श्रीमती र आफू उत्पादन गर्छन्। मार्केटिङकालाई प्रतिकिलोको १० रुपैयाँ कमिसन दिने गरेका छन्।

गाउँमा विद्युत नहुँदा उनले जेनेरेटरबाट उद्योग चलाएका छन्। अहिले पनि उनले दैनिक एक सय ५० किलोभन्दा बढी चाउमिन बिक्री गर्छन्। जसबाट सबै खर्च कटाउँदा महिनामा ६० हजार रुपैयाँ बचाउँछन् उनी। 

यसैबाट उनले बालबच्चा र घरपरिवार पालेका छन् भने बचत पनि गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

पत्रकारिताका सदाबहार डन

समाज परिवर्तन गर्न सकिएला कि भनेर केही युवा स्वतन्त्र उम्मेदवार बनेर सेल्फी प्रचारको म्याराथनमा पनि छन्। कोही अटेर गर्ने प्रयासमा छन्। तर सामाजिक मञ्च स्थानीय....

ललितपुर-१० का वडाध्यक्ष व्यञ्जनकारको ११औं इनिङ्स : यस पटकको लडाइँ आफ्नै भतिजसँग

उमेरले ८० वर्ष पार गरिसकेका व्यञ्जनकारलाई चुनाव जितेर जनताको सेवा गर्ने धोको भने अझै मरेको छैन। १० पटक वडाध्यक्ष भइसकेका उनी अहिले ११औं पटक उम्मेदवार....

सफलताको कथा : पश्चिम क्षेत्रकै नमुना 'टंक दाइ’ को पेट्रोल पम्प

तीमध्ये ३ सय ४० वटा साधारण पम्प हुन् भने एउटा मात्र नमुना पम्प हो। साधारण भनिएका पम्पहरु नेपाल आयल निगमको पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५....

खुसार्नीका 'हेड सर' जसले पहिलो वर्षमै बेचे ४० लाखको खुर्सानी

प्रभात माध्यमिक विद्यालयका प्राचार्य रहेका जनक समय मिल्नासाथ बारीमा पुगिहाल्छन्। स्कुलमा हुँदा भने खेतबारीको जिम्मेवारी उनकी श्रीमती सजिता ज्ञवालीले सम्हाल्छिन्। चार वर्षदेखि गाउँघरमै कुखुरापालन, गोलभेंडा....

गन्धर्वहरूको पीडा: दिनमा सय रुपैयाँ पनि उठ्दैन, सचेतना जगाउने काम दिन सरकारलाई अनुरोध

कुनै समय उनले सारङ्गी बजाएरै परिवार पालेका थिए। अहिले भने दैनिकी चलाउन पनि हम्मे–हम्मे भएको छ। गाउँघरमा आधुनिक मनोरञ्जनका सामग्री भित्रिएसँगै टेकबहादुर जस्ता गन्धर्व समुदायलाई....