बिपी कसरी राजद्रोही !

बिपी कसरी राजद्रोही !

केही समयअघि सुशील कोइराला फाउन्डेसन र अन्वेषण अनलाइनले संयुक्त रूपमा निर्माण गरेको पत्रकार जगत नेपालले निर्देशन गर्नुभएको ‘राजद्रोही राजनेता’ वृत्त चित्र हेरेँ। त्यो वृत्तचित्र हेरेपछि बिपी कोइरालालाई कहाँ लगिँदैछ भन्ने कुरामा म घोत्लिन लागें। 

बिपी संङ्ग्राहलयको संस्थापक अध्यक्ष हुनुको नाताले म सङ्ग्राहलयमा दिनहुँ आउँछु। जहाँ प्रजातन्त्र र स्वाधीन नेपालका लागि बिपी, गणेशमान, किसुनजी लगायत १० जना नेताले जेल जीवन व्यतित गर्नु भएको थियो।

कठोर सैनिक हिरासतमा कुनै पनि बेला गोली हान्न सक्ने अवस्थामा उहाँहरूलाई ‘राजद्रोह’ गरेवापत गाथगादी ताक्ने खराब मानिसहरू भनेर चित्रण गर्ने प्रयास गरिएको थियो। म सधैं नै जसो बिपी र गणेशमानको शालिक हेर्छु  र नमन पनि गर्छु। बिपीलाई अहिले पनि किन राजद्रोही भनेर चिनाउन खोजियो? यो प्रश्नले मलाई घोत्लिन बाध्य बनाएको छ। 

भारतमा 'अंग्रेज भारत छोडो' आन्दोलन, नेपालमा राणा शासनका बेला र पञ्चायतमा बिपी कोइरालालाई  राजद्रोही भनियो। बिपीलाई राजद्रोही भनेपछि गणेशमानहरू सबै जनालाई राजद्रोही बनाइयो। त्यतिबेला शासकले उहाँलाई लगाउन  मिल्नेसम्मको ज्यान लिनकै लागि लगाइएको मुद्दा थियो राजद्रोही। 

बिपीले कहिले राज्य विरुद्ध द्रोह गर्नुभयो वृत्तचित्रले प्रष्ट पार्न सक्छ? बिपीले त राजाको कदम विरुद्ध विद्रोह पो गर्नुभयो। अझ राजाले ऐस-आराम र पाएको सुविधालाई बिपीले विरोध गरेको पाइँदैन। बिपीले त राजाले प्रजातन्त्रमाथि कु गरेकाले विद्रोह गर्नुभएको हो।

अनि सबैभन्दा खराब मानिस भनेर चिनाउनको लागि होच्याएर प्रयोग गरेको शब्द थियो राजद्रोही। अहिले पनि यही शब्द प्रयोग गर्दा निरंकुश सत्ताले प्रयोग गरेको शब्द अनुमोदन गरे जस्तो भएन र? 

वृत्तचित्रमा भारत निर्वासनमा रहनुभएका बिपीले २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर आउनुभएको बेलादेखि तत्कालीन राजा वीरेन्द्रले जनमत संग्रह घोषणा गर्नुभएकोसम्मको अवस्था चित्रित गरिएको छ। नाम 'राजद्रोही राजनेता' राखिएको छ। राजद्रोही कसरी राजनेता हुनसक्छ?

यो वृत्तचित्रको नाम नै भएन भन्ने मलाई लाग्छ। यो कुरा चित्त नबुझेपछि मैले त्यतिबेला नै सामाजिक सञ्जाल फेसबुकमा लेखेको थिएँ। 

बिपी कोइराला राजनेताभन्दा माथि हुनुहुन्थ्यो र हुनुहुन्छ। उहाँ ‘राजद्रोही अर्थात् राज्य+द्रोही=राजद्रोही या तत्कालीन अवस्थाका शक्तिकेन्द्र राजालाई भन्ने जनाउँछ। 

यो वृत्तचित्र हेर्नु हुने मानिसले मलाई फोन गरेरै भन्नुभयो, वृत्तचित्रमा जेललाई पूर्ण रूपमा देखाइएन, के जेल छैन हो?

राजा+द्रोही=राजद्रोही। निर्माता पक्षले राजद्रोही भनेर कुन विषयलाई जोड्न चाहनुभयो। अर्को अर्थमा राजद्रोही भनिसकेपछि राजनेता हुन सक्दैन। फेरि राजनेता कहिल्यै राजद्रोही हुन सक्दैन।

बिपी कोइराला कहिल्यै राजद्रोही हुनुभएन। उहाँले राज्यसत्तालाई दुरूपयोग गर्ने राणा श्री ३ र पञ्चायती व्यवस्थाको नेतृत्व गर्ने राजा र पञ्चका विरूद्ध विद्रोह गर्नुभयो।

द्रोह गर्नु भनेको लोभ, रिस र पापादि, असल कर्ममा नपर्ने कार्य गर्नु हो। द्रोही भनेको असल कर्म नगर्ने मानिसलाई भनिन्छ। कर्ता भयो। यसैले उहाँले विद्रोह गर्नुभयो। द्रोह गर्नु भएन। अत: उहाँ आजसम्मकै सर्वोच्च राजनेता हुनुभयो। राजद्रोही हैन।

बिपीले कहिले राज्य विरुद्ध द्रोह गर्नुभयो वृत्तचित्रले प्रष्ट पार्न सक्छ? बिपीले त राजाको कदम विरुद्ध विद्रोह पो गर्नुभयो। अझ राजाले ऐस-आराम र पाएको सुविधालाई बिपीले विरोध गरेको पाइँदैन। बिपीले त राजाले प्रजातन्त्रमाथि कु गरेकाले विद्रोह गर्नुभएको हो। बिपीमाथि कुनै पनि कुरा लेख्दा, वृत्तचित्र बनाउँदा शब्दमाथि ख्याल गरेको पाइएन।  

अर्को मलाई चित्तै नबुझेको केही प्रसंग छन्। डकुमेन्ट्रीका संवाद र कथाहरूमा प्राय: सुन्दरीजल सैनिक जेल (हाल बिपी संङ्ग्राहलय) का प्रसंग छन्। सुन्दरीजल जेललाई र जेलसँग नितान्त सम्बन्धमा रहेका वस्तुहरूलाई पर्दामा देखाउँदा जेलको मौलिकता नै हराउने गरी देखाउनु भएन।

यो वृत्तचित्रले अहिले जेल नै छैन कि जसरी प्रस्तुत गरेको छ।  सुन्दरीजल जेलको रूपमा गरिएको कम्प्युटर एनिमेसनको भागले सुन्दरीजल जेल छैन र भन्ने प्रश्न उठायो।

यो वृत्तचित्र हेर्नु हुने मानिसले मलाई फोन गरेरै भन्नुभयो, वृत्तचित्रमा जेललाई पूर्ण रूपमा देखाइएन, के जेल छैन हो? 

आखिर बिपीबारे बनेको नाटकमा पात्र नराखिएका हैनन्। नाटकमा बिपी, गणेशमानको भूमिकामा व्यक्ति पात्र भेटिएकै छ। त्यसकारण निर्देशकले बिपी र गणेशमानलाई प्रस्तुत गर्दा रोबर्टको रूपमा किन प्रयोग गर्ने?

ऐेतिहासिक तथ्यमा आधारित भएर वृत्तचित्र बनाउँदा धेरै विषयमा ख्याल पुगोस्।

२२ चैत, २०७८, १४:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।