पाकिस्तानको सर्वोच्च अदालतमा संसद् विघटनबारे बहस जारी

पाकिस्तानको सर्वोच्च अदालतमा संसद् विघटनबारे बहस जारी

एजेन्सीः पाकिस्तानको संसद् विघटन गर्ने निर्णयबारे सर्वोच्च अदालतमा बहस जारी ५। प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव खारेजसँगै गरिएको संसद् विघटन सिफारिसले राजनीतिक सङ्कट निम्त्याएपछि यो विषय त्यहाँको सर्वोच्च अदालतमा पुगेको हो। 

पाकिस्तानी सांसदहरूलाई अविश्वास प्रस्तावमा मतदान गर्नबाट रोकिएपछि पाँच सदस्यीय संवैधानिक बेञ्चले यसको सुनुवाइ गरिरहेको छ। अविश्वासको मत खारेज गर्ने निर्णयले विपक्षी दलहरूलाई आक्रोशित बनाएको थियो। सो निर्णयविरुद्ध उनीहरूले अदालतमा पुनरावेदन गर्ने बताएका थिए।

संसद विघटन विरुद्ध परेको रिटमा सुनुवाई जारी रहेको छ। यसबारे अप्रिल ७ मा फैसला आउनसक्ने सम्भावना छ।

* यस अघि सम्प्रेशित समाचारमा संसद विघटन बदर भएको भन्ने प्रकाशित भएको तर अदालतमा यसबारे सुनुवाई जारी रहेकाले क्षमासहित समाचार सच्याइएको छ।

 

२२ चैत, २०७८, ११:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।