त्रिचन्द्र- धरहरा जोगाउन विद्यार्थीको अभियान

त्रिचन्द्र- धरहरा जोगाउन विद्यार्थीको अभियान

काठमाडौँ : सरकारले त्रिचन्द्र क्याम्पसको पुनर्निर्माणमा चासो नदेखाएपछि क्याम्पसका विध्यार्थीहरुले दबाबमूलक कार्यक्रम अगाडि बढाएका छन्। घण्टाघर र त्रिचन्द्र जोगाउन दबाब दिन नेपाल विद्यार्थी सङ्घ त्रिचन्द्र इकाइले हस्ताक्षर सङ्कलन सुरु गरेको छ।

उनीहरूले देशभर भ्यु टावर जस्तो अनुत्पादक क्षेत्रमा विकास रकम खर्च गरेको तर शैक्षिक तथा ऐतिहासिक क्षेत्र त्रिचन्द्र र घण्टाघरको पुन निर्माणमा चासो नदेखाएको भन्दै सोमबारबाट हस्ताक्षर अभियान सुरु गरेका छन्।

२०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पमा क्षतिग्रस्त भए पनि यसको पुन निर्माणमा कुनै सरकारी निकायले चासो देखाएको छैन। भूकम्पमा क्षति पुगेको रानीपोखरी पुन निर्माण भइसकेको छ। सोमबारै काष्ठमण्डपको समेत पुन निर्माण सकिएको भन्दै राष्ट्रपतिले उद्घाटन गरिन्। निजी कम्पनीले धरहरा बनाइरहेको छ।

तर शैक्षिक तथा ऐतिहासिक क्षेत्र त्रिचन्द्र र घण्टाघरको संरक्षणमा स्थानीय तह, प्रदेश र केन्द्र कुनै सरकारले पनि चासो देखाएका छैनन्।

२१ चैत, २०७८, १८:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।