एमबीबीएसको प्रवेश परीक्षामा ३४ हजार विद्यार्थी सहभागी

एमबीबीएसको प्रवेश परीक्षामा ३४ हजार विद्यार्थी सहभागी

काठमाडौंः चिकित्सा शिक्षा आयोगले सुरु गरेको स्नातक तहको एकीकृत एमबीबीएस प्रवेश परीक्षामा ३४ हजार ६ सय ६५ जनाले आवेदन दिएका छन्। तीन दिनसम्म चल्ने परीक्षाको पहिलो दिन १९ हजार पाँच सय आठ जना सहभागी थिए।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शुक्रबार भएको परीक्षाको निरीक्षण गर्दै परीक्षामा कुनै प्रश्न उठ्ने वातावरण सिर्जना नगर्न निर्देशन दिएका छन्। मन्त्री पौडेल नेपाली सेनाको शिक्षण अस्पताल र हेराल्ड अन्तर्राष्ट्रिय कलेजमा निरीक्षणमा गएका थिए।

परीक्षाका लागि एक सय ११ परीक्षा केन्द्र तोकिएको आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले बताए।

१९ चैत, २०७८, ०८:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।