उकेरा निगरानी

पासलाई फेल, फेललाई पास गर्ने त्रिवि सेवा आयोगका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा


काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका तत्कालीन प्रमुख परशुराम कोइरालासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

अख्तियारले २०७४ सालमा भएको लेखा सहायक र पुस्तकालय सहायकको पदको लिखित परीक्षामा गलत मनसाय राखी परीक्षार्थीको उत्तरपुस्तिका केरमेट गरेको, प्राप्ताङ्कमा हेरफेर गरी मेरिट सूची फेरबदल गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।

लेखा सहायक पदको प्रथम पत्र परीक्षण गर्ने सहप्राध्यापक केशव घिमिरे, दोस्रो पत्र परीक्षण गर्ने सहप्राध्यापक राजेश्वर न्यौपाने, पुस्तकालय सहाय पदको दोस्रो पत्र परीक्षण गर्ने पुस्तकालय सहप्रशासक इन्दिरा घिमिरे, उत्तरपुस्तिका संपरीक्षण गर्ने प्राडा टेकनाथ ढकाल, उत्तरपुस्तिका रुजु गर्ने सेवा आयोगका तत्कालिन प्रमुख परशुराम कोइराला र तत्कालीन मुख्य कार्यालय सहायक बच्चुराम पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ। 

सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम भ्रष्टाचारको कसुर भएको देखिँदा निजहरुउपर तीन महिनादेखि एक वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि दश हजार रुपैयाँसम्म जरिवानाको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिएका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

२७ वर्षपछि ब्युँझियो सरकारी जग्गा हडपेको मुद्दा, १३ जना प्रतिवादी

अभियोग पत्रमा उल्लेख भए अनुसार २०५१ सालमा विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराएर सरकारी र सार्वजनिक जग्गा वितरण गरेर उनीहरूले पाएको अख्तियारीको दुरुपयोग गरेका थिए। अभियोग....

रोजगारीको प्रलोभनमा हरेक वर्ष ठगिन्छ ५० करोड, ठगिने जोखिम हुँदाहुँदै पैसा दिन्छन् कामदार

लामिछाने आफू म्यानपावर कम्पनीमा काम गर्ने यसरी र थुप्रै मान्छे पठाइसकेको बताउँथे। आफूले पठाएको मान्छेले धेरै राम्रो कमाइ गरिरहेको र १८ सय दिराम (दुबई मुद्रा)....

भिजिट भिसामा यूएई लैजान ५ देखि ७ लाखसम्म असुली, श्रममन्त्री नै शङ्कामा

श्रम स्वीकृति बन्द भएको बेलामा प्रत्येक दिन १५ हजार जनासम्म नेपाली महिला र पुरुष भिजिट भिसामा कामका लागि यूएई पुगेर अलपत्र परेका थिए। गत जनवरीदेखि....

भिजिट भिसामा सेटिङको जालो : श्रम र गृहको नाममा उठाइयो प्रतिव्यक्ति ५० हजार

ब्युरोका प्रमुख एसएसपी टेक प्रसाद राईका अनुसार उनीहरूलाई दुबईमा दलालहरूले काम लगाइदिने र राम्रो आम्दानी हुने प्रलोभन पारेका थिए। ‘१८ जनालाई दलालहरूले भिजिट भिसामा लैजाने....

धराशायी त्रिविका अनुसन्धान केन्द्र-४ : सुनसान सिनास, फर्किएला साख ?

वि.सं. २०१८ सम्म जनगणना नै भएको भू-भाग गायब भएको सरकारले थाहा नै पाएको थिएन। २०३२ सालमा नक्सा निकाल्दा लिपुलेक, लिम्यिाधुराको भू-भाग समेटिएको चुच्चे नक्सा पनि....