मध्यपश्चिमल विश्वविद्यालयको दीक्षान्त समारोह स्थगित

मध्यपश्चिमल विश्वविद्यालयको दीक्षान्त समारोह स्थगित

सुर्खेतः मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह स्थगित गरिएको छ। यही चैत १६ गतेका लागि निर्धारित गरिएको दीक्षान्त समारोह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ। 

विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायणप्रसाद पौडेलले दीक्षान्त समारोह स्थगित भएको जानकारी दिएका हुन्। विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह २०७४ साल असारमा सम्पन्न भएको थियो।

यसयता विश्वविद्यालयले दीक्षान्त समारोह सञ्चालन गर्न सकेको छैन।

१४ चैत, २०७८, ०८:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।