काठमाडौँ : जग्गा भोग चलन भएको करिब २७ वर्षपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा हडपेको आरोपमा १३ जना विरुद्ध मुद्दा दायर गरेको छ। तनहुँको शुक्ल गण्डकी नगरपालिका–१६ मा रहेको हिमाली प्रावि व्यवस्थापन समितिको निर्णय अनुसार १३ जनाले सार्वजनिक जग्गा भोग चलन गरेको भन्दै अख्तियारले सोमबार अभियोग लगाएको छ।
उकेरा निगरानी
२७ वर्षपछि ब्युँझियो सरकारी जग्गा हडपेको मुद्दा, १३ जना प्रतिवादी

अभियोग पत्रमा उल्लेख भए अनुसार २०५१ सालमा विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराएर सरकारी र सार्वजनिक जग्गा वितरण गरेर उनीहरूले पाएको अख्तियारीको दुरुपयोग गरेका थिए।
अभियोग पत्रमा विद्यालयका तत्कालीन अध्यक्ष यामबहादुर बानियाँ, तत्कालीन प्रधानाध्यापक यामबहादुर ठकुरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू र जग्गा लिने समेतलाई प्रतिवादी बनाएको छ।
स्थानीय सन्तबहादुर सिंजाली मगर, तिलुदेवी बराल, डोलराज आचार्य, डिलबहादुर आले, विष्णुमाया थापा, विष्णुप्रसाद लम्साल, शरणबहादुर विक, बलराम बानियाँ, बिनिबहादुर बानियाँ, बुद्धिमाया विक, बाबुराम बानियाँ र पूर्णबहादुर विकलाई समेत अभियोग पत्रमा प्रतिवादी बनाइएको छ।
२०७८ फागुन ३० गते २०:२३ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।