पत्रकार जगत नेपालको 'राजद्रोही राजनेता डकुमेन्ट्री' सार्वजनिक 

पत्रकार जगत नेपालको 'राजद्रोही राजनेता डकुमेन्ट्री' सार्वजनिक 

काठमाडौँ : नेपाली कांग्रेसका सस्थापक नेता स्व.विपी कोइरालाको जीवनीमा आधारित डकुमेन्ट्री राजद्रोही राज नेता सार्वजनिक गरिएको छ। काठमाडौँमा सोमबार एक कार्यक्रमकाबीच पत्रकार जगत नेपालको लेखन तथा निर्देशनमा रहेको डकुमेन्ट्री राजद्रोही राजनेता सार्वजनिक भएको हो। 

डकोमेन्ट्रीमा वि.स. २०३३ सालमा बिपी कोइरालाले निर्वासनबाट किन र के कारणले मेलमिलापको नीति लिएर नेपाल फर्किएदेखि अदालतमा ओखलढुंगाको टिमुरबोटे आक्रमणको अदालतमा बयान र राजाले जनमत संग्रह घोषणा गरेको सम्मको ३ वर्षको दृश्यलाई देखाइएको छ। 

कार्यक्रममा लेखक तथा निर्देशक नेपालले यसको दोस्रो भाग पनि आउने जानकारी दिए। उक्त डकुमेन्ट्रीलाई सुशील कोइराला मेमोरियलले फाउण्डेशनले सहयोग गरेको छ। फाउण्डेशनका सदस्य सचिव अतुल कोइरालाले फाउण्डेशनले अध्ययन अनुसन्धान गर्ने उद्देश्य भएकाले यो पहिलो काम भएको बताए । ‘हामीले राजनीतिक क्रान्तीकाबेला भएका कामहरुको अनुसन्धान गर्ने काम गरिरहेका छौँ यो नै पहिलो काम हो। अर्को पनि हुँदैछ’ उनले भने ।
 

३० फागुन, २०७८, १३:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।