उकेरा न्युज

कोरोना अपडेट : आठ हजारको परीक्षण गर्दा ३ सय ८८ मा सङ्क्रमण


काठमाडौँ : पछिल्लो २४ घण्टामा देशभर ३ सय ८८ जना कोरोनाभाइरस सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार ८ हजार १ सय ४० जनाको नमुना परीक्षण गरिएको थियो। जसमा ३ सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको छ। योसँगै मृतकको सङ्ख्या ११ हजार ९ सय २५ पुगेको छ। 

सोमबार थपिएसँगै देशभर कोरोना सङ्क्रमितको सङ्ख्या एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३८ हजार ७३८ र पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७५ हजार ८ सय ६ जना पुगेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

ज्ञानेन्द्र कार्कीको क्षेत्रमा सुरु भएन रोकिएको गणना, प्रहरी र सशस्त्रको सङ्ख्या अस्वाभाविक

आयोगले मतगणनाको क्रममा ६०६ मत एमालेतर्फ जोडेको कार्की पक्षको माग छ। उनीहरूले पुनः मतगणनाको माग गरिरहेका छन्। केही समययता मतगणना सुरु गर्न राजनीतिक दलबिच सहमतिको....

रविको नागरिकताबारे उजुरी दिने युवराज भन्छन्' निर्वाचन आयोगले उजुरी ढिसमिस पार्‍यो, अब अदालत जान्छु'

रवि लामिछानेको नागरिकता अवैध भन्ने मिडियाबाट थाहा पाएको हुँ। नेपाली नागरिक नभई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न नपाउने कानुनी प्रावधानबारे म जानकार छु। यदि उनको....

ब्राउन सुगरसहित झापाबाट चार जना पक्राउ

हिजो बेलुका ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरूको साथबाट चार ग्राम ब्राउन सुगर बरामद गरेको हो।....

मोरङ र झापामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सो दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मिक्लाजुङ-७ मधुमल्लाका २५ वर्षीय मनिहाङ लिम्बूको उपचारको क्रममा मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा मृत्यु भएको हो। सोही दिन बेलुका ६....

पुरानो थिमिमा पिकअप र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु, एक घाइते

दुर्घटनामा मोटरसाइकल चालक भक्तपुरको क्वाँछेका २८ वर्षिय सिजन फसिकवा र पछाडि सवार भक्तपुर नगरपालिका- ७ का सुनिल ग्वाछा घाइते भएका थिए। दुवैको मध्यपुर थिमि अस्पतालमा उपचार....