काठमाडौँ : नयनराज पाण्डेको कृति ‘जियरा’ ले ५० हजार राशीको ‘कर्णाली कृति पुरस्कार’ पाएको छ। कर्णाली साहित्य समाजले २०७७ सालभित्र प्रकाशित कृतिमध्येबाट पाण्डेको कृती छानेको हो।
शब्दमाला
शुक्रवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा समाजका संरक्षक महेशविक्रम शाहले कर्णाली साहित्य समाज साधना सम्मान’ प्रा.डा. राजाराम सुवेदीलाई प्रदान गर्ने निर्णय भएको जानकारी दिए।
वरिष्ठ कलाकार कुलमान नेपालीलाई २५ हजार राशीको कर्णाली प्रतिभा पुरस्कार प्रदान गर्ने समाजले निर्णय गरेको छ।
कर्णाली प्रदेशका लोक नृत्यहरूलाई देशभर चिनाउन योगदान पुर्याएकाले नेपालीलाई कर्णाली प्रतिभा पुरस्कारबाट सम्मान गर्न लागिएको अध्यक्ष खगेन्द्र अधिकारीले जानकारी दिए।
२०७८ फागुन ०६ गते २०:२७ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।