काभ्रे : कथाकार ध्रुवकृष्ण ताम्राकारको कथा संग्रह ‘मिराज’ को एक समारोहबीच विमोचन गरिएको छ। कथा संग्रहको विमोचन गर्दै ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले संग्रहमा समेटिएका कथाहरू सामाजिक यथार्थपरक रहेको बताए।
शब्दमाला
कार्यक्रममा साहित्यकार सूर्यप्रसाद लाकोजुले सर्जक ताम्राकारका कथा सङ्ग्रहमा समाजको प्रतिबिम्व रहेको र कथाहरू जीवन्त रहेको उल्लेख गरे।
मिराज कथा संग्रहमा ११ वटा कथा संकलित छन्। पुस्तकलाई ट्रान्स वोर्ल्ड पब्लिकेशनले प्रकाशन गरेको हो।
यसअघि कथाकार ताम्राकारको 'आँशुको कथा' नामक कथा संग्रह प्रकाशित भइसकेको छ। यस्तै 'प्रारम्भ' (कविता संग्रह), 'स्पन्दन' (मुक्तक संग्रह), 'हृदयका उदगार' (कविता संग्रह), 'भावनाका उत्सर्गहरु' (गीत संग्रह) उनका प्रकाशित कृतिहरु हुन्।
२०७८ फागुन ०४ गते १२:४० मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।