सञ्चारकर्मी सुजीतकुमारको राम जानकीबारे अनुसन्धानमूलक पुस्तक सार्वजनिक

सञ्चारकर्मी सुजीतकुमारको राम जानकीबारे अनुसन्धानमूलक पुस्तक सार्वजनिक

राम जानकी विवाह सम्बन्धमा लेखिएको सो पुस्तकको प्रकाशन मधेस सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले गरेको हो।

६८८ पृष्ठको सो पुस्तकको यसअघि संघिय संस्कृति मन्त्रालय विद्यापति पुरस्कार कोषले एक लाखको पुरस्कार प्रदान गरेको थियो।

पुस्तकको लोकार्पण मधेस सरकारको भौतिक पूर्वाधार मन्त्री रामसरोज यादव र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतोले संयुक्त रूपमा गरेका थिए।

पुस्तकलाई मधेस प्रदेश भित्र रहेका प्रदेश नगरपालिका गाउँपालिका, मन्त्रालय र प्रमुख कार्यालयमा राखिने उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतोले जानकारी दिएका थिए।

राम जानकीको बिहे सम्बन्धी महत्त्वपूर्ण विषय आएको र बाहिरबाट जनकपुर आउनेहरू यसबारे जान्न इच्छुक हुने भएकाले पुस्तक महत्त्वपूर्ण रहेको उनले बताए।

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएको विमोचन कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जनकपुरधामको पहिचान राम जानकीसंग रहेकाले यो पुस्तकले जनकपुरधामको पर्यटन बढाउन सहयोग गर्ने बताए।

समारोहमा पूर्व सांसद महेन्द्रकुमार मिश्र, वरिष्ठ साहित्यकार अयोध्यानाथ चौधरी, रोशन जनकपुरी, चर्चित गायक सुनिल मल्लिक, नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष रोष कर्ण, जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठ, लोसपा नेताद्वय मनोजकुमार चौधरी, सञ्जयकुमार चौधरी, गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठ, लेखक सुजीत कुमार झा,  वन तथा पर्यटन मन्त्रालयका अधिकृत सुरेश शर्मा, पत्रकार श्यामसुन्दर शशि, प्राध्यापक रुद्रकुमार झा लगायतका वक्ताहरूले बोलेका थिए। सुजीतको मैथिली भाषामा यो दशौँ कृति रहेको छ।

१८ माघ, २०७८, ११:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।