अध्यता पौडेलको विश्व आर्थिक क्रान्ति : सुमेरदेखि सिलिकन भ्यालीसम्म'को 'ट्रेड पेपर-ब्याक' संस्करण सार्वजनिक

अध्यता पौडेलको विश्व आर्थिक क्रान्ति : सुमेरदेखि सिलिकन भ्यालीसम्म'को 'ट्रेड पेपर-ब्याक' संस्करण सार्वजनिक

म्याग्दीमा जन्मिएर डेनमार्कमा बस्दै आएका पौडेलले त्रिभुवन विश्वविधालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र लुन्ड विश्वविद्यालय स्विडेनबाट इकोनोमिक हिस्ट्रीमा स्नातकोत्तर गरेका छन्।

मानव जातिका सङ्घर्ष, परिकल्पना र उपलब्धिहरूको अभिलेख समेटेर विश्व आर्थिक इतिहासको सारभूत र सजीव चित्र यस पुस्तकमा उतारिएको प्रकाशक बुकहिल पब्लिकेसनले जनाएको छ।

पुस्तकमा ढुङ्गे युगदेखि विद्युतीय चमत्कारसम्मका मानव जातिले हासिल गरेका उन्नति, प्रगति, उपलब्धि र वैभवका अन्तर्कथाहरूसहित उसले समना गरेका चुनौती, विपत्ति र असफलताका गाथाहरूसमेत छन्।

'पुस्तकमा सुमेर सभ्यताको मिर्मिरेदेखि सिलिकन भ्यालीसम्मको सूचना प्रविधिको क्रान्तिकारी छलाङसम्मका रोमाञ्चक परिघटनाहरू समावेश गर्ने कोसिस गरेको छु,' लेखक पौडेलले भने'युद्ध र प्रतिकूलताका कठिन र निरस विवरण मात्र नभई विजय, शान्ति र सिर्जनाका अभिलेखहरू,धार्मिक-सांस्कृतिक जडताले अन्धकारमय बनेका प्राचीनता एवम् नवीन चेतनाका किरणहरूले प्रकाशमय आधुनिकताका सन्दर्भहरू पनि यस पुस्तकमा छन्।'

ट्रेड पेपर-ब्याक' संस्करणमा प्रकाशन भएको यो पुस्तक बजारमा सीमित कपीहरूमात्रै वितरण हुने र पाठकको रुची अनुसार 'मास मार्केट पेपर ब्याक' कोरोनाको प्रभावपछि सार्वजनिक गरिने प्रकाशकले जनाएका छन्।

सात खण्डमा विभाजित २९६ पृष्ठको किताबको मूल्य ५५५ रुपैयाँ राखिएको छ।

१५ माघ, २०७८, १७:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।