काठमाडौँ- चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीको गाडीमा ढुङ्गा हानेर सिसा फुटाइएको छ। बिहीबार बिहान ११ बजे घरबाट कार्यालय जाँदै गर्दा काँडाघारीमा अज्ञात समूहले ढुङ्गा प्रहार गरी आक्रमण गरेको आयोगले जनाएको छ।
उकेरा न्युज
डा गिरीको गाडिमा कसले हान्यो ढुङ्गा ?

बिहान ११ बजेको घटना भए पनि आयोगले ढिला मात्रै विज्ञप्ति निकालेर घटनाको निन्दा गरेको छ। आयोगले घटनाको भर्त्सना गर्दै घटनामा संलग्नलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेको छ।
आयोगले विज्ञप्तिमा निष्पक्ष र निष्ठापूर्वक काम गरिरहेको अवस्थामा जघन्य घटना भएको भन्दै आयोगको कामप्रति असन्तुष्ट समूहले आक्रमण गराएको शङ्का गरेको छ। तर कसले आक्रमण गरेको हो खुलेको छैन। आक्रमणबाट गाडिको पछाडिको सिसा फुटेको छ। गिरीलाई कुनै चोटपटक लागेको छैन।
'चिकित्सा ऐन तथा नियमावलीको प्रावधानभित्र रहेर निष्पक्ष र निष्ठापूर्वक उच्च मनोबलका साथ सेवा प्रवाह गरिरहेको अवस्थामा यस प्रकारको जघन्य घटनाको आयोग घोर भर्त्सना गर्दछ,' विज्ञप्तिमा भनिएको छ'उक्त कार्यमा संलग्न व्यक्ति र समूहको पहिचान गरी कडा भन्दा कडा कारबाही गर्न आयोग नेपाल सरकार समक्ष अनुरोध गर्दछ।'
२०७८ माघ १४ गते २:०४ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।