धुर्मुस-सुन्तलीले अलपत्र छाडेको रङ्गशाला बनाउन दातृ निकायसंग सहयोग लिने प्रदेश सरकारको तयारी

धुर्मुस-सुन्तलीले अलपत्र छाडेको रङ्गशाला बनाउन दातृ निकायसंग सहयोग लिने प्रदेश सरकारको तयारी

रङ्गशालाबारे भएको अन्तर्क्रियामा उनले यसका लागि दातृ निकायसँग कुराकानीसमेत भइरहेको उनले बताए। उनले रङ्गशाला निर्माणको जिम्मा लिएको धुर्मुस–सुन्तली फाउन्डेसनले अहिलेसम्मको खर्च विवरण यथाशीघ्र सार्वजनिक गरेर बुझाएमा काम अघि बढाउन सहज हुने मन्त्री गहतराजले बताए।

भरतपुर महानगरपालिकाले आयोजना गरेको अन्तर्क्रियामा उनले कार्यक्रममा उनले परियोजना अलपत्र पर्न नदिने बताएका थिए।

कुन तरिकाले व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयको सिङ्गो टोली अनुगमन गर्न आएको भन्दै गहतराजले केन्द्र, प्रदेश र बताए।

'खेलकुदका पूर्वाधार बजेटको अभावमा अलपत्र परेको छ,' उनले भने' धुर्मुस–सुन्तली फाउन्डेसनले अहिलेसम्मको खर्च विवरण यथाशीघ्र सार्वजनिक गरेर बुझाएमा काम अघि बढाउन सहज हुनेछ।'

बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले रङ्गशाला निर्माण स्थानीयस्तरबाट सम्पन्न गर्न कठिन हुने भन्दै यसको नेतृत्व सङ्घीय सरकाले लिनुपर्ने बताएका थिए।

आयोजना सम्पन्न गर्न तीन अर्ब हाराहारी खर्च हुने अनुमान छ। ऋण लागेको भन्दै फाउन्डेसनले चार महिनादेखि निर्माणको काम रोकेको छ। रङ्गशाला बनाउँदा फाउन्डेसनले अनियमितता गरेको भन्दै सिताराम कट्टेल र कुन्जना घिमिरे विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ।

१३ माघ, २०७८, २०:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।